कोहलपुर, चैत्र १५
युवाहरुका लागि एक दिने मानव वेचबिखन सम्बन्धि अभिमुखिकण तालिम बाँकेको फत्तेपुर गाविसमा सोमबार सम्पन्न भएको छ ।
युवा सुचना केन्द्र जिल्ला खेलकुद विकास समिति बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा सम्पन्न अभिमुखिकरणमा मानब बेचबिखनको परिभाषा, कारणहरु, प्रयोजन, मानव बेचबिखन हुने स्थानहरु, बसाईसराई, घरेलु हिंसा, मानव बेचबिखन सम्बन्धिका कानुन तथा सजाय लगायतका विषयमा बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए । तालिममा मानव बेचबिखन, घरेलु हिंसा लगायतका विषयवस्तुलाई समेटेर तयार पारिएको श्रव्य दृष्य समेत देखाईएको थियो ।
गाविसका विभिन्न वडाका गरी ३५ जना युवाहरुको सहभागीता रहेको अभिमुखिकरणको संचालन तथा उद्देश्य माथि प्रकास मानव बेचबिखन बिरुद्ध वकालत कार्यक्रमका कार्यक्रम संयोजक तिला सुनारले गरेकी थिईन् । तालिम पश्चात मानव बेचबिखनको बारेमा धेरै नयाँ कुराको जानकारी भएको र सिकेको कुरालाई व्यवहारमा उतार्ने र सबैलाई सचेत गराउने सहभागीहरुले प्रतिकृया दिएका थिए ।
प्रकाशित मिति : २०७२ चैत १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्