संविधान कार्यन्वयमा जोड ः मन्त्री रावल



कोहलपुर, चैत्र १५
उपप्रधान तथा रक्षा मन्त्री भिम रावलले नेपाली जनताको जारी भएको संविधानलाई कार्यान्वयनमा जोड दिन सबै राजनीति दलहरुलाई आग्रह गरेका छन् ।
‘नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ठ संविधान हो’ उनले भने ‘भारत र अमेरीका जस्ता देशमा समेत ६५ प्रतिशतको सहमतीबाट मात्रै संविधान निर्माण भएको तर नेपालको संविधान नेपाली जनताले जिताएर पठाएका ९० प्रतिशत जनप्रतिनिधीको समर्थनमा निर्माण भएको हो ।’
संविधान निर्माण गर्दा थेरै मुलुकमा मात्रै यति धेरै समर्थनमा बन्ने उल्लेख गरे ।
सरकार परिवर्तन नेपाली जनताको चाहाना अनुसार हुने बताउँदै वर्तमान सरकारलेनै संविधानको कार्यान्वयन गराएर छाडने दाबी गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको सेवामा सुधार नआए तेश्रो टेक्निकल टिम तैयार गरेर टेलिकम भित्रका कमी कमजोरी पत्ता लगाउने चेतावनी दिए । ‘टेलिकम भित्रको सेवा सुधार गर्नका लागी २ महिनाको अल्टिमेटम दिएको छु’ उनले भने ‘दुई महिना भित्र जनताले महसुस गर्ने गरी सेवा विस्तार नगरे हेरेर बस्दिन् ।’
नेपाल टेलिकमलाइ सेवाको गुणस्तरीयतामा विस्तार गर्ने नयाँ नयाँ प्रविधिको प्रयोगलाइ ढिला नगरी देशभर फैलाउन निर्देशन दिँदै नेपाल सरकारले २०२० सम्म नेपालका कुनाकाप्चामा ईन्टरनेट सेवा पु¥याउने लक्ष्य लिए पनि २०२० नै कुरेर नबस्ने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १५ गते सोमबार