27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कोहलपुरमा छुटेकाको मतदाता नामावली संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १४, २०७२  

कोहलपुर, चैत्र १४
कोहलपुरका ६ वटा वडामा क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जले फोटो सहितको मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि मतदाता संकलन तथा मतदाता अध्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।
कोहलपुर नगरपालिका अन्तर्गतका वडा नं १ देखि ६ मा क्षेत्रीय निर्वाचन कार्याललयले शनिबार विशेष कार्यक्रम गर्दै फोटो सहितको मतदाता नामावली संकलन गरेको हो ।
कार्यक्रममा ६ वटा वडामा जम्मा ३ सय ५० जनाको मतदाता नामावली संकलन तथा अध्यवधिक गरिएको छ । वडा नं. १ मा ५०, वडा नं. २ मा १ सय ९, वडा नं. ३ मा ९३ जना, वडा नं. ४ मा २५ जना र वडा नं ५ र ६ मा ७३ जनाको नामावली अध्यवधिक गरिएको कार्यक्रमका सहायक नाम दर्ता अधिकारी पुरुषोत्तम पोख्रेलले बताए ।
नगरपालिका बाँकी वडाहरु ७ देखि १३ मा आज (आइतबार) कार्यक्रम हुने सहायक नाम दर्ता अधिकारी पोख्रेलले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, चैत्र १४, २०७२     1:41:41 PM  |