मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र १३, २०७२
काठमाडौं, चैत १३ । यमनको दक्षिणी सहर एडेनमा रहेको चेकपोस्टमा गराइएको आत्मघाती बम विस्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ ।
मारिनेमा सेनासँगै सर्वसाधरण पनि परेको बताइएको छ । तीनजना आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताइएको छ ।
आक्रमणमा परी अरु धेरै घाइते भएका छन् । इस्लामिक अतिवादी समूह ‘आइएस’ले विस्फोटको जिम्मेवारीलिएको छ ।
यमनमा राष्ट्रपति सलेहको पतनपछि सुरु भएको गृहयुद्धयता आइएसले आफ्नो पकड मजबुद् बनाउँदै गएको छ । आइएसले सिया हुथी विद्रोही र सरकारी सेनाविरुद्ध कारबाही गरिरहेको छ ।
हुथी विद्रोहीले राजधानी सनालगायत मुलुकको ठूलो भू–भाग आफ्नो नियन्त्रणमा लिएका छन् ।