क्बलले बुझायो ज्ञापन पत्र



कोहलपुर, चैत्र ०९
बाँकेको कोहलपुररमा रहेको कोहलपुर रेसिङ्ग साहारा क्लबले कोहलपुर नगरापालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
कोहलपुर २ मारहेको तेह्र बिगाहमा रहेको खेलमैदान भित्र कोहलपुुर गनरपालिकाको भवन निर्माण हुन लागेको भन्दै तत्काल भवन अन्य कुनै स्थानमा बनाउनका लागि अनुरोध गरिएको छ ।
बिगतमा बिभिन्न स्तरका खेलहरु सम्पन्न भएको र भविष्यमा पनि राष्ट्रिय स्तरका खेलहरु सम्पन्न गर्नका लागि आधुनिक खेल मैदान निर्माण गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै खेल मैदानलाई आधुनिक बनाउनका लागि कोहलपुर नगरपालिकाले सहयोग गर्ने आशा पनि लिइएको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउँदै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष यज्ञ बहादुर महराले तेह्र बिगाह खेल मैदानमा भवन बनाउने निर्णय तत्काल फिर्ता नलिए चरणबद्व आन्दोलन गरिने बताए ।
त्यस्तै कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत मान बहादुर शाहीले ज्ञापन पत्र बुझदै सबै राजनीतिक दलहरुका प्रतिनिधिहरु सँग छलफल गरिने बतताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ९ गते मंगलबार