मदरल्याण्डद्वारा बिरामीलाई पानी वितरण



कोहलपुर, चैत्र ०९
पानी दिवसको अवसर पारी यस सीतापुर मदरल्याण्ड इ.मि. स्कुल गोलपार्क कोहलपुर (प्रस्तावित गोल्डेन भिजन एकेडेमी)ले दुई सय जनालाई पानी वितरण गरेको छ । स्वच्छ पानी पियौं, स्वच्छ जीवन बाँचौं भन्ने मुल नारा साथ नेपालगगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गरिरहेका बिरामीहरुलाई पानी विरतण गरिएको छ ।
स्वच्छ पानीबाटै स्वस्थ जीवन हुने र स्वस्थ जीवनबाटै गुणस्तरिय शिक्षा हासिल गर्न सकिने भएकाले पानी वितरण कार्यक्रमको आयोजना गरिएको सीतापुर मदरल्याण्ड इ.मि. स्कुलका संयोजक अमृत पौडेलले बताए ।
स्कुलबाट ¥याली निकाली अपस्तालमा गई बिरामीहरुलाई पानी वितरण गरिएको छ । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुको सहभागिता जनाएका थिए । कार्यक्रममा करिब दुई सय बिरामीहरुलाई पानी वितरण गरिएको थियो । कक्षा सात सम्म संचालनमा आएको स्कुलमा हाल दुई सय ३० जना विद्यार्थी हरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ९ गते मंगलबार