ट्राफिक अव्यवस्थितका कारण यातायात व्यवसायीहरु समस्यामा



कोहलपुर, चैत्र २
ट्राफिक अव्यवस्थितका कारण यातायात व्यवसायीहरु समस्यामा परेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । ट्राफिक नियम र व्यवस्थापनको सम्मन्वयन नहुँदा व्यवसायीहरु समस्यामा परेको उनिहरुले गुनासो गरेका हुन् । सोमबार नेपालगन्जमा नागरिक दुर्घटना न्युनिकरणका लागि ट्राफिक व्यवस्थापनमा जोड विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो गुनासो गरेका
हुन् ।
ट्राफिकका कारण आफुहरु वारम्बार पीडित भएको ट्रक व्यवसायीहरुको गुनासो रहेको
छ । ट्राफिकले जहिलेपनि ट्रक व्यवसायीलाई हेप्ने प्रबृतिका कारण आफुहरु समस्यामा पर्ने गरेको ट्रक व्यवसायीहरुको आरोप छ । ट्रक देख्ने वित्तिकै ट्राफिकले सिठी बजाउने र अनाहकमा जरिवाना काट्ने गरेको व्यवसायीहरुले आरोप लगाएका छन् ।
ट्रक व्यवसायीलाई विना कारण रसिद काट्ने गरेको कारण हामी धेरै पीडित भएको व्यवसायीहरुको अरोप छ । कि सरकारले ट्रक व्यवसायीहरुलाई भन्नुप¥यो अवैध काम गरेको भनेर खाली अनावश्यक रसिद काट्ने र छोड्ने प्रबृत्तिले झन समस्या परेको उनिहरुले बताएका छन् ।
नेपालगन्ज उप–महानगरपालिकामा अत्याधिक सवारी साधान भित्रिएको कारण नगरको कुरुप विग्रिनुका साथै नागरिक दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेक प्रसाद राईले बताए । नागरिकलाई जानकारी भएपनि सवारी साधन चलाउनमा लापरवाही गरेको एसपी राईले बताए ।
प्रहरीको आफ्नै कानुन रहेको हुनाले नागरिकले गल्ती गरेको खण्डमा कारवाही गर्न पाउने अधिकार प्रहरीमा रहेको बताए । नागरिक अकालमा ज्यान नगुमाउन भनेर नै ट्राफिक नियमको पालना नागरिकले गर्न आवश्यक रहेको उनले बताए ।
नेपालगन्ज नगर भित्र यातायातमा एक द्वार प्रणाली नहु“दा यातायात दुर्घटना बढेको व्यवसायीहरुले आरोप लगाएका छन् । छ्यापछ्यापती रुपमा अटो रिक्सा भित्रिएको कारण नगरमा चल्ने टेम्पो व्यवसायीलाई समस्या पु¥याएको टेक्पो व्यवसायीको आरोप छ । गाविस, नगर र यातायातबाट समेत इरिक्सालाई प्रमाणपत्र दिदा जथाभावी रुपमा इरिक्सा भित्रिएको उनिहरुले बताएका छन् । नगरमा यातायात व्यवस्थापनमा निश्चित समय लागु गरि नियम बनाउन आवश्यक रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । भेरी अञ्चलमा १५ सय इरिक्सा यातायात व्यवस्था कार्यालय नेपालगन्जमा दर्ता भएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका शाखा अधिकृत सिताराम खनालले बताए ।
नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा यातायात व्यवस्थापनलाई दिर्घकालिन निकास ननिकालेसम्म समस्याको हल हुन नसकिने उनले जानकारी गरे । ट्राफिक व्यवस्थापनदेखि लिएर नगरको स्वरुप परिवर्तन गर्न सवैले आ–आफ्नो टवरबाट सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २ गते मंगलबार