24 September 2023  |   सोमवार, अशोज ८, २०८०

छिनभरको पानीले नगर डुबान हुने खतरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २, २०७२  

कोहलपुर, चैत्र २
नेपालगन्जमा सोमबार एक्कासी पानी प¥यो । छिनभरको पानीले नगरका विभिन्न भाग डुवान भए ।यो समस्या नेपालगन्जबासीको अहिलेको समस्या मात्रै होइन । सानो पानी पर्दा समेत नगर डुबान हुने समस्याले स्थानियहरु पीडित
छन् । सोमबार बिहान परेको पानीका कारण नेपालगन्जका अधिकाशं स्थान जलमग्न भए । वर्षायाममा सधै डुबानले सताउने नेपालगन्जमा हिउँद याममा पनि क्षणभरको पानीले डुबानको समस्या भोग्दा स्थानिय मारमा
छन् ।
पटक पटक डुबान हुने स्थानमा पानीको निकास सहि रुपमा नहुँदा आफूहरुले सानो पानी परे पनि डुबानको समस्या भोग्नुपरेको नेपालगन्ज उपमहानगरपालिका २ घरवारी टोलका स्थानियहरुले गुनासो छ ।
स्थानियहरु पानीका कारण सर्वसाधारणलाई घरबारी टोलमा हिडडुलमा समेत समस्या परेको
छ ।
सिमसिमे पानीका कारण नगरका बिभिन्न भाग डुवानको संकेट देखेपछि बर्खायाममा कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । नगरमा भएका नाली सफा तथा विकास निर्माणका काम व्यवस्थित रुपमा नगर्दा स्थानियवासीले दुख पाइरहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २, २०७२     10:13:01 AM  |