गर्भावस्थामा के गर्ने ? के नगर्ने ?



pregnant-woman-1024x682गर्भावस्था विशेष अवस्था हो । गर्भावस्थामा महिलालाई धेरै किसिमका स्वास्थ्य समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ । गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् । यी सामान्य कुराहरुमा ध्यान दिएमा धेरै समस्या कम गर्न सकिन्छ ।

के गर्ने ? के नगर्ने ?

–   मानसिक तनाव नलिइकन काम गर्ने
–    धेरै यात्रा नगर्ने ।
–    लगातार कम्प्युटरमा काम नगर्ने ।
–   रेडिएसन आउने बस्तुवाट वच्ने जस्तै : मोवाइल, एक्स रे आदि ।
–    लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीवेर हिँड्ने ।
–    खानपानमा ध्यान दिने ।
–    फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने ।
–    भोक नलागे पनि खाना खाने ।
–    पानी बढी पिउने ।
–    गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने ।
–    बेला बेलामा चिकित्सकको सल्लाह लिने ।
–    अन्तिम महिनामा घरमै बस्ने ।
–    टाइट कपडा र हिल जुत्ता नलगाउने ।
–    चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्ने ।
–    हरियो सागसब्जी बढी खाने ।
–    सकारात्मक सोचाई राख्ने ।
–    पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने ।
–    यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने ।
–    गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने ।
–    मादक पदार्थ सेवन नगर्ने ।
–    धुमपान नगर्ने ।
–    एकैपटक धेरै खाना नखाने ।
–    चिल्लोपदार्थ नखाने ।
–    जङ्कफुड सेवन नगर्ने ।
–    थकान महसुस हुने वित्तिकै आराम गर्ने ।
–    खाली पेट नबस्ने ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन २४ गते सोमबार