2 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

मोटा मानिसलाई लाग्न सक्ने ६ रोग  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२  

मोटोपना विश्वभर समस्याको रुपमा देखिइरहेको छ । शारीरिक श्रम कम गर्नु, फास्टफुडको उपभोग वा सेवन या मसालायुक्त खानाले मोटोपना बढिरहेको छ । यसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ । डाक्टरहरुका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ । यसका साथै बढी मोटोपना प्रजनन क्षमतालाई पनि प्रभावित पार्छ । यसका कारण यदि तपाईं मोटोपनाको शिकार हुनु भएको छ भने चाँडै मोटोपना काम गर्ने उपाय सोचिहाल्नुहोस् । मोटोपनाले निम्त्याउने रोगहरु :

 

जोर्नीको समस्या

मोटोपनाका कारण बढीभन्दा बढी मानिसहरु जोर्नी दुख्ने शिकार हुन्छन् । उनीहरुलाई उठदा या बस्दा असैह्या पीडा हुन्छ । साथै अधिक दबाबका कारण जोर्नीमा भार पर्छ र कार्टिलेजको मात्रा कम हुँदा आर्थराइटिसको समस्या पनि हुन सक्छ ।

 

मुटु रोग
मोटोपनाका कारण मुटु रोगको खतरा दुइ गुणा हुन्छ । तौल बढ्नाले मुटुले शरीरको बाकी भागमा सही ढंगले रगत आपूर्ति गर्न सक्षम हुदैंन । जसबाट हृदयाघात हुने सम्भावना बढ्छ । यसका अलावा मुटुका आसपास धमनीमा बोसो जम्मा हुन्छ । शरीरमा बोसोको मात्रा अधिक हुँदा सोडियम जम्मा हुन्छ र रगतमा दबाब बढ्छ । जुन मुटुका लागि हानिकारक हुन्छ र मुटु रोगको खतरा बढ्छ ।

 

मधुमेह
मोटोपनाका कारण तपाईं मधुमेहको शिकार हुन सक्नुहुन्छ । जब तपाईं खानामा ग्लुकोजको मात्रा बढी लिन थाल्नुहुन्छ । तपार्ई मोटोपनाको शिकार हुनुहुन्छ । यसकारण तपाईंलाई मधुमेह हुने खतरा बढ्छ ।

 

डिप्रेसन
मोटोपनाका कारण मानिस डिपे्रेसनको शिकार पनि हुन्छ । मानिसमा नकारात्मक सोच हावी हुन्छ । हरक्षण दुःखी हुन्छ । कहिलेकाही त आत्महत्या गर्ने कोशिस पनि गर्न सक्छ । क्लिनिकल साइकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटोपना र डिप्रेसनका एक सिक्काका दुई पाटा हुन् । यदि तपाईं यी दुईमध्ये एक छ भने अर्को स्वतः तपाईंकहाँ आउनेछ ।

 

क्यान्सर
स्तन क्यान्सर, कम्मरको क्यान्सर र आँतको क्यान्सर सबैको कारण मोटोपना हो । हालै भएको एक अनुसन्धानमा के पत्ता लागेको छ भने विश्वभरमा हरेक वर्ष क्यान्सरको चार लाख ८१ हजार केस मोटोपनाका कारण नै हुन्छ । मोटोपनाका कारण सबैभन्दा बढी स्तन र कोलोन क्यान्सर हुने सम्भावना हुन्छ । यसका साथै प्यांक्रियाटिक र ओएसोफ्यागस क्यान्सर पनि हुने सम्भावना हुन्छ । यी दुवै क्यान्सरबाट बाँच्ने सम्भावना निकै कम हुन्छ ।

 

हर्निया
हर्नियाको मुख्य कारण हो मोटोपना । मोटोपनाका कारण डायफ्राम कमजोर हुन्छ या उसको आकार बढ्छ, जसबाट तपाईं हर्नियाको शिकार हुन्छ । तौल कम गर्दा यो खतराबाट बच्न सकिन्छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२     12:53:02 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *