मगर दिवस मनाईयो



कोहलपुर, फागुन १६
३४ औं मगर दिबस बाँकेमा पनि भब्यताका साथ मनाइएको छ । नेपाल मगर संघ जिल्ला समिती बाँकेको आयोजना र नेपाल मगर संघ राधापुरको सहआयोजनामा बाँकेको राधापुरमा मगर दिवस मनाइएको हो ।
मगर दिवसको अबसरमा बाँकेमा रहेका मगर समुदायले राधापुरको चन्द्रनगर चोकबाट ¥यालीको आयोजना गरेका थिए । पञ्चे बाजा सहितको ¥याली नाचगान सहित कार्यक्रम स्थलमा प्रबेश गरेको थियो । मगर भेषभुषामा सजिएका मगर समदायले नाचगान गर्दै रमाउँदै मगर दिवस मनाएका छन । ¥याली पछीको कार्यक्रममा जिल्ला स्तरीय एकल तथा सामुहीक नृत्य प्रतियोगिता समेत भएको थियो । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले अन्य जातजातीको दिबसमा सरकारले सार्बजनीक बिदा दिने गरेपनि आफनो जातीको दिबसमा सार्बजनीक बिदा नदिएको भन्दै सरकारको आलोचना गरे । उनिहरुले मगर दिवसको अबसरमा पनि सार्बजनीक बिदा दिनुपर्ने माग गरेका छन ।
कार्यक्रममा एकल तथा सामुहीक नृत्यमा जिल्लाका बिभिन्न स्थानका कलाकारहरुको सहभागिता रहेको थियो । सामुहीक नृत्यमा इन्ट्रिगे्रटेड एकेडेमी राधापुर प्रथम , भुपु सैनिक बोर्डिङ्ग स्कुल दोश्रो र वाटरपार्क इङ्गलीस मिडयम स्कुल तेश्रो भएका छन । त्यस्तै एकल नृत्य तर्फ करिमा गुरुङ्ग प्रथम, पुर्णिमा राना मगर दोश्रो र दुर्गा राना तेश्रो भएका छन । प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो हुनेलाइ नगद सहित प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १६ गते आइतबार