26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

किन जान्छ गर्भ खेर ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १३, २०७२  

 

preg-stages-39-420x0एजेन्सी- गर्भपतन कुनै पनि जोडिका लागि निश्चय नै पीडादायी क्षण हो । सबै गर्भाधारणलाई जोगाउन सम्भव नभए पनि स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण प्राय गर्भपतन हुने गर्छ । निम्न कुरामा बिचार पु¥याएमा गर्भपनलाई न्यून गर्न सकिन्छ ।

मेडिकल डिसअर्डरः स्वस्थ जीवन शैली, राम्रो प्रकारको खाना, र गर्भवती महिलाको उचित तौलले शिशुको स्वास्थ्यमा प्रभाव पार्छ । यदि तपाई कुनै पनि प्रकारको ‘मेडिकल डिसअर्डर’ छ भने मिस क्यारियजको खतरा हुने भएकोले गर्भधारण गर्नुअघि त्यस्तो डिसअर्डरलाई नियन्त्रण गर्नु आवश्यक पर्छ । अनियन्त्रित डायबिटिज वा पहिल्यै देखिएको डायबिटिजले शिशुमा विकासमा अपूर्णता ल्याउँछ ।
थाइराइडः गर्भावस्थाको समयमा थाइराइड हर्मनले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ । स्वस्थ शिशुको विकास र आमाको स्वास्थ्यलाई कायमै राख्न थाइराइड हर्मनले महत्वपूर्ण भूमिका खेल्छ । शिशुको दिमाग र स्नायु प्रणालीको विकासको लागि थाइराईड हर्मनको भूमिका धेरै हुन्छ । पहिलो १२ सातासम्म कोखभित्रको भ्रुण आमाले पाउने थाइराइड हर्मनमा मात्र निर्भर हुन्छ । यो थाइराईड उसले गर्भनाल मार्फत प्राप्त गर्छ । थाइराईड अत्यधिक वा न्यून रुपमा सक्रीय भएमा मिसक्यारिअज हुन्छ । तसर्थ गर्भवती हुनु अगाडि थाइराईड परीक्षण गर्नुपर्छ ।

 

खोपः तपाईले शरिरमा आवश्यकता पर्ने खोप लगाउनुपर्छ र आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ । गर्भवती महिलालाई रुबेला भाइरलको संक्रमणबाट बच्नु पर्छ । गर्भावस्थाको शुरुवातीमै यो संक्रमण भएमा अपांग बच्चा जन्मिने खतरा हुन्छ ।
रसायनः वातावरणीय  दृष्टिले हानीकारक बस्तु जस्तै सिन्थेटिक केमिकल, धातु, रसायनिक मल, विषादी, बिरालो तथा छुचुन्द्रोको बिस्टाले पनि मिसक्यारिअजको खतरा बढाउँछ । यस्ता  चिजले पुरुष र महिलाको प्रजन प्रणालीमा गम्भीर असर गर्छ । यस्ता विषालु पदार्थ थोरै भए पनि यसले मिसक्यारिज गराउछ ।

 

सौन्दर्य सामाग्रीः नङ पालिस,लिपिष्टिक र अन्य कस्मेटिक बस्तुमा पीथालेट र लिड जस्ता रसायन हुने र यसले बृद्धि हुदै गइरहेको भ्रूणलाई गम्भीर हानी गर्छ र अन्तमा मिसक्यारियज वा गर्भपतन हुन्छ । तसर्र्थ सौन्दर्य सामाग्री प्रयोग गर्दा विशेष साबधानी अप्नाउनुपर्छ ।

 

विषादीयुत्त खानेकुरा:  फलफुलः स्वास्थ शिशुको विकासमा पोषणले निकै महत्वपूर्ण भूमिका खेल्छ । विषादीयुक्त, संरक्षण गरिएको खानेकुरा र अन्य रसायनले समय नपुगी बच्चा जन्मने वा बच्चा खेरा जाने खतरा हुन्छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १३, २०७२     12:05:36 PM  |