यी हुन आँखा फरफराउने ६ कारणहरु



eye
हाम्रो समाजमा आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ । तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो । यसमा आँखाको परेला फरफराउँछ । यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ । आखाँ फर्फराउने मुख्य कारण यस्ता छन् ।

१. एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ ।

२.आँखा दुखाई  : दृष्टिसंग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ । आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ ।
३.तनाव: जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ । आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ । तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो ।

४.क्याफिन र अल्कोहल : विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ ।
५.सुख्खा आँखा  : कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने, क्याफिन र अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ । यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ ।

६.पोषकतत्वको असन्तुलन :  म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ । यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन ।
 
एजेन्सी

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १० गते सोमबार