भक्तपुर, फागुन ६ गते । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी वैशाख २० गतेबाट सुरु भई जेठ १ गतेसम्म गर्ने भएको छ । परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परीक्षा जेठ २ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
विद्यार्थीले दोब्बर दस्तुर तिरेर यही फागुन १५ गतेसम्म परीक्षा फाराम भर्न पाउने व्यवस्था गरेको उहाँको भनाइ छ । रासस
प्रकाशित मिति : २०७२ फागुन ६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्