28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

पर्यटक घुमाउँदै गरेका गाइडमाथि बाघको आक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २, २०७२  

बर्दिया, फागुन २ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकलाई पथप्रर्दशन गर्ने गाइडलाई बाघले आक्रमण गरेको छ । विदेशी पर्यटकलाई बाघ देखाउन हिँडेका तीन जना गाईडसँग एक्कासी बच्चासहितको बाघ जम्का भेट भएपछि आक्रमण गरेको हो ।

बघिनीको आक्रमणमा परी गाईड कृष्ण शाह घाईते भएका छन् । नेदरल्याण्डका पर्यटकसहित अन्य दुई गाईड भनेसकुशल रहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।

बाटोमा बाघ देखिएपछि पर्यटकहरु रुखमा चढेको र गाईडहरु रुखमा चढ्नै लाग्दा शाहमाथि आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुई वटा खुट्टामा चोट लागेका शाहको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बर्दियामा ५० वटा वयस्क पाटेबाघ रहेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २, २०७२     4:06:51 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *