भेरीको दूषित पानी उपयोग गर्नुपर्ने बाध्यता



सल्यान, फागुन २ गते। पश्चिमी क्षेत्रमा रहेको ठूलो बजार सल्लीवजारमा खानेपानीको अभाव हुन थालेको छ ।

दश वर्षअघि निर्माण गरिएको खानेपानीको मुहान सुकेपछि बजारबासी भेरी नदीको पानी खान बाध्य भएका छन् । लामो खडेरीका कारण बजारमा आउने पानीको मुहान पुरै सुक्दा तीन महिनादेखि बजारमा धारामा पानी नआएको सल्लीबजार बजार व्यवस्थापन समितिका अध्यक्ष शिव वलीले जानकारी दिनुभयो ।

“बजारमा रहेका ती सय ५० घरधुरीका लागि ल्याइएको खानेपानीको मुहान सुकेको छ, पानीको अर्को विकल्प नभएपछि नदीको दूषित पानी प्रयोग गर्न वाध्य छौं ।” वलीले भन्नुभयो । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन २ गते आइतबार