जिकाबारे अझै अनुत्तरित प्रश्नहरु  



:२०७२ माघ २९


zikaएजेन्सी – ब्राजिलमा सानो दिमाग भएका बालबालिको जन्म (माइक्रोसेफाली) भएसँगै विश्व
स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको
छ । तर अझै पनि जिकाबारे धेरै महत्वपूर्ण र अनुत्तरित प्रश्नहरु रहेका छन् ।

अमेरिकामा कति मानिस जिकाबाट संक्रमित छन ?

जिका भाइरसले ५ लाखदेखि १५ लाख मानिसलाई संक्रमित गरेको बताइन्छ, जुन
आफैमा वास्तविक तथ्यांक होइन । संक्रमित क्षेत्रका कति प्रतिशत व्यक्ति जिकाबाट
संक्रमित हुदैछन त ? कि सबैजना संक्रमित छन । यसबारे डब्लुएचओ नै अनुत्तरित
छ ।

किन बिस्फोटक महामारी ?

अझै संक्रमित बन्न जिका भाइरस अझै बढी परिर्बन भएको एउटा सिद्धान्त स्थापित
गरिएको छ । मानिसहरुको घना बस्ती भएको ठाउमा र लामखुट्टे बढी पाइने
ठाँउमा यो भाइरस सर्नसक्ने केही विज्ञहरु बताउछन् ।

को को संक्रमित छन? भाइरसले संक्रमण गरे पनि करिब ८० प्रतिशतमा कुनै
लक्षण देखिएको छैन, तथापी यस तथ्यांकबारेमा अझै बढी अनुसन्धान गर्न बाँकी
नै छ । लक्षण नदेखिएका संक्रमितबाट भाइरस सर्छ वा सर्दैन अथवा उनीहरुमा किन
लक्षण देखिएन भन्ने विषयमा पनि कुनै भरपर्दो जबाफ आउन बाँकी नै रहेको
छ ।
के जिकाले माइक्रोसेफाले बनाउछ ?
महामारी फैलिएको क्षेत्रमा यो सबैभन्दा ठूलो स्वास्थ्यसम्बन्धि चासो हो तथापी जिका र कम्जोर मस्तिक भई जन्मनुबीचको
सम्बन्ध केबल एउटा कडा शंका मात्र हो । जिका संक्रमित ब्राजिलका केही क्षेत्रमा
पछिल्ला महिनामा माइक्रोसेफालेका घटना बढेका छन् । तर जिका र
माइक्रोसेफालेबीचको सम्बधको प्रमाण अझै प्रर्याप्त छैन ।

कति खतरनाक छ संक्रमण? यदि भाइरसले माइक्रोसेफाले गर्छ भने यसको अशर कति
हुन्छ ?के हरेक संक्रमणले जन्माईमा खोट ल्याउछ? की हरेक सय जनामध्ये एक
जनामा यस्तो अशर देखिन्छ वा एक हजारमा १ जनामा देखिन्छ ? अहिलेको अवस्थामा
गर्भवती महिला जिकाबारे कत्ति चिन्तित हुनपर्छ भन्ने विषयमा कुनै प्रष्ट जबाफ
आउन सकेको छैन ।
गर्भवती अवस्थामा पनि खतरनाक अवस्था हुन्छ र ?

संक्रमित हुनेवित्तिकै माइक्रोसेफाले गराउने भाइरस सक्रीय हुन्छ ।कसैकसैले
पहिलेका १२ साता महत्वपूर्ण हुने बताएका छन् । तर अन्य चिकित्सले भने २९
सातासम्म पनि खतरा हुने संकेत गरेका छन् ।

यसले दिमागलाई कसरी हानी गर्छ ?

रुबेला लगातका संक्रमणले गर्भवती महिलाको विकसित शिशुको दिमागलाई हानी
गर्न सक्छ । तर जिकाले उबिअभलतब प्लासेन्टा पार गरेर दिमागको वृद्धिमा कसरी
हानी गर्छ भन्ने अस्पष्ट छ ।

विकसित लक्षणले  खतरलाई परिवर्तन गर्ला त ?

जिका संक्रमित कबि पाँच जनामध्ये चार जनामा खासै लक्षण देखिएको छैन ।
समान्य ज्वरो र आँखा रातो हुने लक्षण देखिने बित्तिकै गर्भवती महिलाबाट
माइक्रोसेफालेको खतरा हुन्छ ? गुइलियन बारे लक्षण सिन्ड्रोम नामको दुर्लभ
न्युरोलोजिकल रोग पनि जिका संक्रमणसँग जोडिएको छ र कुन संक्रमण भएका
व्यक्ति बढी जोखममा छन भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

अफ्रिका र एशियामा के भइरहेको छ ?

ब्राजिलमा फैलनुअघि नै जिका भाइरस अफ्रिका एशियाका विभिन्न क्षेत्रमा
देखिएको थियो । एयिशया महाद्धीपको ठूलो जनसंख्या जिका महामारीको
जोखिममा छैन त ?

– See more at: http://swasthyakhabar.com/2016/02/39173.html#sthash.PxFPKVXE.dpuf – See more at: http://swasthyakhabar.com/2016/02/39173.html#sthash.PxFPKVXE.dpuf – See more at: http://swasthyakhabar.com/2016/02/39173.html#sthash.PxFPKVXE.dpuf

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २९ गते शुक्रबार