18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

सिरियामा सेना र बिद्रोहीबीचको भिडन्तका कारण ५० हजार विस्थापित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २८, २०७२  

काठमाडौं, माघ २८ ।  सिरियाको एलेप्पो शहरमा गत हप्तादेखि सरकारी सेना र बिद्रोहीबीच जारी भीडन्तका कारण ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसिआरसीले अझै धेरै मानिस विस्थापित हुन सक्ने चेतावनी दिएको छ । एलेप्पोमा पानीको आपूर्ति बन्द गरिएको भन्दै आइसिआरसीले त्यहाँको मानवीयअवस्था दयनीय बनेको जनाएको छ ।

इस्लामिक स्टेट आईएसको कब्जामा रहेको एलेप्पोमा सरकारी सेनाले नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।

यसक्रममा सरकारी सेनाले आईएस रहेको एलेप्पोको क्षेत्रलाई घेराबन्दी गरेको छ भने त्यहाँ खाद्यान्नलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने मार्ग बन्द गरिएको छ । सिरियाली सेनालाई रुसी लडाकु विमानले साथ दिएका छन् ।

एलेप्पोबाट शरण खोज्दै टर्कीको सीमामा पुगेका ३० हजारभन्दा धेरै मानिस अलपत्र परेका छन् । उनीहरुलाई शरण दिन मानवअधिकारकर्मीले टर्कीसँग आग्रह गरेका छन् ।

एलेप्पोका तीन लाखभन्दा धेरै मानिस अहिलेको द्वन्द्वका कारण प्रभावित भएको र उनीहरु भोकमरीको चपेटामा पर्ने खतरा रहेको भन्दै राष्ट्रसंघले यसअघि नै चिन्ता व्यक्त गरेको थियो । (एजेन्सी)

– See more at: http://www.imagekhabar.com/samachar/detail/58869/28/.shtml#sthash.KcmFaqXT.dpuf – See more at: http://www.imagekhabar.com/samachar/detail/58869/28/.shtml#sthash.KcmFaqXT.dpuf

प्रकाशित मितिः बिहिबार, माघ २८, २०७२     3:10:20 PM  |