काठमाण्डु, २६ माघ– उपसभापति रामचन्द्र पौडेल नेपाली काँग्रेसको कार्यबाहक सभापति भएका छन् ।
सभापति सुशील कोइरालाको निधन भएपछि पौडेल कार्यबाहक सभापति भएका हुन् । काँग्रेस विधानमा उपसभापतिको अनुपस्थितिमा उपसभापति स्वतःं कार्यबाहक सभापति हुने व्यवस्था छ ।
यसअघि सभापति कोइराला विदेश भ्रमणमा जाँदा पनि पौडेलले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
पौडेल आसन्न १३ औ. महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति कोइरालाको ८० वर्षको उमेरमा गएराति निधन भएको थियो ।
प्रकाशित मिति : २०७२ माघ २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्