18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बेलायतमा इमाजोन नामक आँधी आउन सक्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २५, २०७२  

काठमाडौं, माघ २५ । बेलायतमा इमाजोन नामक आँधी आउन सक्ने भन्दै त्यहाँका सर्वसाधारणलाई चेतावनी दिइएको छ । बेलायती मौसमविद्हरुले तीब्र गतिमा हावा चल्नुका साथै भारी बर्षा हुनसक्ने अनुमान गर्दै सर्वसाधारणलाई सचेत तुल्याएका हुन् ।

आँधीबाट बेलायतको दक्षिण पश्चिमी शहरका साथै वेल्स शहर बढी प्रभावित हुने अनुमान गरिएको छ ।आँधी आज दिउँसोसम्म रहने र विस्तारै कम हुँदै जाने मौसमविदहरुले जनाएका छन् ।

उनीहरुले रेल र सडक मार्गको यात्रा गर्दा उच्च सतर्कता अपाउन अपील गरेका छन् । बेलायतमा बर्षैपिच्छे आउने आँधीका कारण थुप्रैको मृत्यु हुने गरेको छ । (एजेन्सी)

प्रकाशित मितिः सोमवार, माघ २५, २०७२     2:13:09 PM  |