काठमाडौं, २४ माघ । भारतमा जारी १२ औं साग गेम्स अन्तर्गत पुरुष फुटबलतर्फ नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ ।
आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको छ ।
गुवहाटीस्थित जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा नेपालले ३६औं मिनेटमा नवयुगको गोलबाट अग्रता लियो । पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता दोब्बर पा¥यो । विशाल राईले ४४औं मिनेटमा नेपालका लागि दोस्रो गोल गरे । अञ्जन विष्टले ५१ औं मिनेटमा उत्कृष्ट गोल गर्र्दै नेपाललाई ३–० को अग्रता दिलाए ।
८२औं मिनेटमा भुटानका दोर्जी रातोकार्ड खाँदै मैदान बाहिरिएपछि भुटान अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउदै नेपालका लागि नवयुगले थप दुई गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।
समुह बी मा रहेको नेपालले समुहको अर्को खेल माघ २८ गते बंगलादेश बिरुद्ध खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्