मुल एकाई समितिमा महेश बस्नेत चयन



 

कोहलपुर, माघ २२
अखिल (क्रान्तिकारी) बागेश्वरी बहुमुखी पब्लिक क्याम्पससको मुल एकाई समितिमा महेश बस्नेत चयन भएका छन् । शुक्रबार भएको समितिको छैठौं एकाई सम्मेलनले बस्नेतको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षद्वय निरज ढकाल तथा रञ्जिता रोकाया, सचिवमा डिल्ली शाही, सहसचिवत्रय दिपक पौडेल, दिलबहादुर चौधरी तथा सञ्जय केसी र कोषाध्यक्षमा शिला बिसी चयन भएका छन् ।
सम्मेलनमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) केन्द्रीय समिति बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपाने, केन्द्रीय सदस्य सूर्यप्रकाश घर्ती, चक्रमिलन चन्द लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २२ गते शुक्रबार