“हो म दमिनी हुँ”



rubi

-रुवी परियार 

पुर्खा को रगत,

नेपाली जगत,

कहिले हासो

रमाउदै बस्ने,

कहिले आशु

सहदै बस्ने,

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

मलाई दलित देख्ने

तेरा बाजे दलित…

तेरा पुर्खा दलित…

तेरो सोच दलित…

तेरो भावना दलित…

तँ दलित..

तर म दलित हैन..

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

दलित को अर्थ था छ?

दलित को अर्थ दरिद्र..

तल्लो स्तर को सोच भएको..

अज्ञानी, पसु तुल्य मानब..

दबिएको, पिल्सिएको..

खान नपुग्ने, लाउन नपाएको..

के हामी दरिद्र हौँ?

के हाम्रो सोच स्तर हिन छ?

हामी पशु हौँ र?

खान पाएको छै नौँ हामी ले ?

के नाङै हिंडेको देखिस हामीलाई?

तँ आईज तेरो  सात पुस्ता पालिदिन्छु..

म कहिले दबिएँ?

तैले जबर्जस्ती दबाउन खोजेको मात्र हो..

बल मिचाइ गरेर पिल्साउन खोजेको मात्र हो..

त्यसैले तँ दरिद्र..

तेरो सोच दबिएको..

तँ पशु..

तँ दलित ..

तँ दरिद्र..

म दरिद्र हैन..

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

इतिहास बिगार्ने राजा महाराजा,

सच्च्याउन नचाहने नेता गधाहरु…

तेरा हात किरा परुन..

तेरा मुटु चिरा परुन..

मेरो मौनतालाई दलित देख्ने

तेरा आँखा किरा परुन..

तेरो जीवन थला परुन..

तँ पापी होस्

तर म पापी हैन

म एक दमाई कि छोरी  हुँ..

हो म दमिनी हुँ..

***

मेरो पुर्खाले बनएको

कपडा लाउने तँ…

मेरो बुवाले बजाएको

कर्नलमा रमाउने तँ…

तर हाम्रो परिश्रमलाई दलित देख्ने..

हाम्रो भावनालाई दलित देख्ने…

तँ एक नरभक्छी होस्…

तँ एक राक्षस होस्…

तँ नै दलित होस्..

तर म दलित हैन..

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

दलित उत्थानको नाममा

राजनीति गरिस..

मेरो पुर्खालाई टेकेर

आफ्नो भकारी भरिस..

तँ माथि माथि गईस

हामीलाई तल तल झारिस..

तर खेद छैन..

तर चिन्ता छैन..

किन कि तँ पो दलित होस्..

म दलित हैन

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

मेरो पुर्खालाई उठ्न दिनस..

आनन्द को निन्द्रा सुत्न दिनस..

तैले पाए हामीलाई झार्छस…

तैले पाए हामीलाई मार्छस..

तँ कहिले हाम्रो हुँदैनस..

त कहिले राम्रो हुँदैनस..

तेरो भावना दलित..

तेरो चाहन दलित..

किन कि त संधै हामीलाई दलित देख्छस..

संधै हाम्रो ढलित देख्छस..

तेरो पापी सोच …

तेरो जाली सोच…

मलाई मान्य छैन..

किन कि तँ आँफै दलित होस्..

म दलित हैन

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

हो हाम्रा पुर्खाले पढ्न पाएनन् ..

ज्ञानका कुरा सिक्न पाएनन् ..

ठुलो ओहोदामा पुग्न पाएनन् ..

देश बिदेश घुम्न पाएनन् ..

किन कि तिमीहरुले रोक्यौ ..

हाम्रा हातहरु छेक्यौ ..

न राम्रो संग पढ्न दियौ..

न अघी बढ्न दियौ..

हाम्रो दिमाग मा ह्राश पैदागरी,

जबर्जस्ती दलित को बिल्ला भिरायौ..

तेरो आमा बाँझी भएको भए,

तेरो बाबु नपुंसक भएको भए,

मलाई दलित देख्ने

तँ सडकछाप जन्मिने त थीईनस..

धिक्कार तेरो आमालाई..

धिक्कार तेरो बाबुलाई..

तेरो आमा दलित..

तेरो बाबु दलित..

हामीलाई दलित देख्ने ..

तेरो पुर्खा दलित..

तर म दलित हैन

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

हामी कसरी दलित ?

हाम्रो के चाँही दलित ?

न कसै को क्षती गर्यौ..

न कसैलाई खती गर्यौ..

आफ्नो मानो खायौँ..

आफ्नै मुरी उब्जायौँ..

आफ्नै रगत बगायौँ..

न हामी अर्को धातुका..

न हामी अर्कै ग्रहका..

हामी कसरी दलित ?

खुन हेर्न आईज,

तेरो भन्दा रातो छ..

तेरो त चिसो खुन..

किरा परेको खुन..

असुद्ध खुन..

किन कि तेरो खुन मा दलितपन छ..

किन कि तँ मलाई दलित ठान्छस..

तल्लो मान्छस..

तल्लो सोच को तँ होस्..

म तल्लो सोच को कदापी हैन..

म त एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

मैले छोएको पानी नचल्ने रे ?

मैले छोएको खाना नचल्ने रे ?

मेरो छायाँ मा तेरो बच्चा मर्छ रे ?

मेरो छायाँ मा तेरो जात झर्छ रे ?

कती घटिया छ तेरो सोच..

कती कुत्ता छ तेरो भावना..

मैले छोएको पानी ले,

तँलाई के चाँही हुन्छ ?

मेरो छायाँ मा तेरो ,

कुन बच्चा मर्यो ?

बरु हाम्रो पुर्खालाई हतोत्साही बनाएर ..

तेरो पुर्खाले पो हाम्रो पुस्ता मार्यो..

अनेक बाहाना बनाएर..

हाम्रो थरलाई तल झारिस..

तँ कती पातकी छस्..

तर म कदापी पातकी हैन..

म त एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

मैले बोल्दा तँ हास्छस..

भावना खोल्दा तँ हास्छस..

मैले बोल्न किन नहुने ?

मन का कुरा खोल्न किन नहुने ?

तेरो मात्र भावना..

तेरो मात्र चाहन..

तँ कती गद्धार छस् ..

किन कि मेरो बोलीलाई

तँ दलित देक्छस..

मेरो सोझो पनलाई

तँ दलित मान्छस..

मलाई था छ तँ नै दलित होस्..

म दलित हैन

म त एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

हाम्रो लागि आयोग बनाउने रे …

हाम्रो लागि कोटा छुट्याउने रे …

तेरो आयोग तेरो आमा लाई दे …

तेरो आमा दलित नै हो …

तेरो कोटा तेरो स्वास्नीलाई दे …

तेरो स्वास्नी पनि दलित नै हो …

किन कि तँ दलित होस् ….

म दलित हैन

म त एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

मेरो बाजे बोलेनन् भन्दै,

मेरो बाबु जागेनन् भन्दै,

अझै उफ्री उफ्री हेप्छस ?

अझै कुर्ली कुर्ली हेप्छस ?

तँ त महारोगी…

तँ त नरभक्क्षी…

तेरो रातो रगत ले

म होली खेल्न चाहन्छु…

तेरो किरा परेको शरीर

म गिद्ध लाई खुवाउन चाहन्छु…

आज सम्म चुप चाप देखिस मलाई?

तेरो दलित घर मलाई छिर्नु छैन…

खबर दार

मेरो घर पनि छिर्लास…!!!

तलाई था छैन होला,

मेरो थर मा मलाई गर्ब छ..

मेरो घर मा मलाई गर्ब छ..

किन कि म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ..

***

म दलित भन्दै

मेरा दाजुभाई

भिख माग्दै छन रे …

म सुन्दै छु…

म तल्लो जातको भन्दै

मेरा काका काकी

आयोग, पार्टी चाहर्दै छन रे…

म बुज्दैछु…

धिक्कार …!!

धिक्कार …!!

धिक्कार …!!

हामी कसरी दलित हौँ दाजु ?

हामी कसरी तल्लो जात को हौँ काका ?

मलाई दलित देख्ने सबै दलित…

चाहे मेरो बाउ नै किन नहुन् …

मलाई सानो जात ठान्ने सबै सानो जातका…

चाहे मेरो श्रीमान नै किन नहुन्…

मेरो भावना तितो लाग्यो होला…

मेरो सोच नमिठो लाग्यो होला…

त्यो मलाई मतलब नै छैन…

तर जती लाई मेरो कुरा मन पर्‍यो…

जती लाई मेरो सोच मन पर्‍यो…

दाजु आउ, दिदी आउ…

बा आउ आमा आउ…

साथी संगी गर्बका साथ गाऔँ

हामी दलित हैनौँ

हामी दामाई हौं

हो हामी नेपालको दमाई हौ..

म एक दमाई कि छोरी हुँ..

हो म दमिनी हुँ.. … ….

– स्रोत रुवी पारीयारको फेसबुक बाट 

  भक्तपुर

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २० गते बुधबार