
काठमाडौँ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताएकी छन् ।आइतबार मन्त्रालयमा आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उनले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताइन् ।
मन्त्री मेहताले सरकारले सय दिनको शासकीय सुधारका कार्यअन्तर्गत स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै ती काम अन्तिम चरणमा रहेको जानकारी दिइन्ब । उनले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउने बताइन् ।
मन्त्रालयका सचिव डा विकास देवकोटाले आधारभूत स्वास्थ्य पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या चाँडै नै समाधान गरेर अगाडि बढ्ने उल्लेख गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको कार्यक्रम बनाउन केही काम भइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्