19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

तीन वर्ष पछि पुन जिविस कप क्रिकेट हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १३, २०७२  

माघ १३
नेपालगन्जमा तीन वर्ष पछि पुन विद्यालय स्तरीय छात्र जिविस कप क्रिकेट हुने भएकोछ । बाँके जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता माघ ५ गतेबाट शुरु हुनेछ । प्रतियोगितामा बाँके जिल्लाका माध्यामिक विद्यालयका विद्याथीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा बाँके जिल्ला का ४० भन्दा वढी विद्यालयको सहभागिता रहने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो । धेरै टिम भएकाले कोहलपुर र नेपालगन्जमा प्रतियोगिता सन्चालनको तयारी भएको छ । थापाका अनुसार प्रतियोगितामा दैनिक चार खेल हुनेछ । प्रतियोगितामा छात्रा क्रिकेटरको समेत खोजी गर्ने तयारी भएको छ । प्रतियोगितामा नाम दर्ता गर्दा छात्र क्रिकेटर सगै छात्राको समेत नाम दर्ता गर्न सकिनेछ । पछि प्रतियोगिता सकिए लगतै छात्राहरुको क्यापको आयोजना गरिने थापाले जानकारी दिनुभयो । संघका प्रवक्ता सुफियान खाँनले विद्यालय स्तर देखिनै खेलाडीको खोजी गर्न प्रतियोगिता आयोजन ागर्न लागिएो बताउनुभयो । खाँनका अनुसार प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको छ । प्रतियोगितामा जिविस बाँके ले आर्थिक सहयोग गर्नेछ ।

प्रकाशित मितिः बुधबार, माघ १३, २०७२     6:56:53 PM  |