के सी शेर/अष्टिन टेक्सास-
अमेरीका टेक्सास स्थित अष्टिनमा चर्चित नेपाली चलचित्र कबड्डी कबड्डी प्रदर्शन हुने भएको छ । युथ फर एजुकेशन एण्ड स्पोर्टस ग्रुपले अष्टिन स्थित साउथ वेष्ट थिएटरमा चलचित्र कबड्डी कबड्डी प्रदर्शन गर्न लागेको हो । चलचित्र प्रदर्शन पछिको नाफा रकम नेपालका गरिव तथा जेहेन्दार बिधार्थीको छात्रबृत्तीका लागी प्रदान गरिने युथ फर एजुकेशन एण्ड स्पोर्टस ग्रुपले जनाएको छ । आउंदो फेब्रुअरी ७ तारिख आइतवार बिहान १० बजेदेखी प्रदर्शन हुने चलचित्र कबड्डी कबड्डीका लागी टिकट शुल्क १५ डलर तोकिएको छ । पांच वर्ष भन्दा मुनीका वालवालिकालाई भने शुल्क नलाग्ने बताइएको छ । नेपाली बक्स अफिसमा सफल चलचित्रमा दरिएको कबड्डी कबड्डीले अष्टिनबासी नेपालीलाई भरपुर मनोरञ्जन दिने आयोजक ग्रुपका भुपेन्द्र न्यौपानेले बताए । राम बाबु गुरुङले निर्देशन गरेको चलचित्र कबड्डी कबड्डीमा दयाहाङ राई सौगात मल्ल रिष्मा गुरुङ लगायतको जोडदार अभिनय छ ।कालिप्रसाद बास्कोटाको संगित रहेको कबड्डी कबड्डी दुई घण्टा तेह्र मिनेटको छ । चलचित्र प्रदर्शनको मिडिया पार्टनर मिसन टुडे न्युज डट कम हो ।
भिडियोका लागि
प्रतिक्रिया दिनुहोस्