24 September 2023  |   सोमवार, अशोज ८, २०८०

प्यूठानका घरेलु तथा साना उद्योगहरुमा साढे तीन करोड रुपैयाँ लगानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२  

 

सेवामुलक(होटल, रेष्टुरेन्ट, मिल, फोटो स्टुडियो, सिलाईकटाई, निर्माण व्यवसाय, अटो सेन्टर) ४९ वटा, उत्पादनमुलक(चाउमिन उद्योग, ग्रील उद्योग, पाउरोटी, सुनचाँदी, सस उद्योग) १० वटा र कृषि तथा बनजन्य(पोल्टी फर्म, डेरी उद्योग, पशु तथा कृषि फर्म, फर्निचर, सिस्नो पाउडर) २७ वटा उद्योगहरु दर्ता भएको कार्यालयले जनाएको छ ।

उक्त उद्योगहरुको वार्षिक उत्पादन क्षमता ५ करोड ६८ लाख ९ हजार ५ सय रुपैयाँ रहेको कार्यालयका प्रमुख उद्योग अधिकृत शुनिल कुमार शर्माले जानकारी दिए । दर्ता भएका उद्योगको कुल स्थिर पूँजी २ करोड ३१ लाख ६३ हजार २ सय ७९ रुपैयाँ रहेको छ ।

फोटो : प्यूठानको दुर्गम गाउँ स्याउलीवाङमा अल्लोको धागो बनाउनका लागि राखिएको लोक्ता ।

‘दर्ता भएका उद्योगमा करिव ढाई सय जनाले प्रत्यक्ष रोजगार पाएका छन्’,प्रमुख उद्योग अधिकृत शर्माले भने,‘गरीवी न्यूनीकरण गर्न साना उद्योगहरुको भूमिका महत्वपूर्ण रहन्छ ।’ वर्षेनी साना उद्योगहरुप्रति लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको कार्यालयले जनाएको छ ।

जिल्लाका गाउँ गाउँमा सडक सञ्जाल विस्तार भएपछि साना उद्योगहरु खोल्ने क्रम बढ्दै गएको प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष माधवराज भण्डारीले बताए ।

‘उद्योगको संख्या विस्तार भएपनि अझैसम्म जिल्लामा औद्योगिक क्षेत्र विस्तार हुन सकेको छैन्’,उनले भने,‘साना मात्र होइन, ठूला उद्योगहरु खोल्नतर्फ पनि लगानीकर्ताहरुले चासो दिन्छन् तर १३२ के.भि.ए विद्युत्त प्रशारण लाईन विस्तार हुनुपर्छ ।’

प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२     2:23:11 PM  |