बाँके क्षेत्र नं. १ विद्यालय स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड छनौट प्रतियोगिता मंगलबारबाट कोहलपुरमा शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र हमालले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै हमालले सफल र राम्रा खेलाडीहरु विद्यार्थी स्तरबाट जन्मने बताएका छन् । खेल क्षेत्रलाई अगाडि बढाउन विद्यार्थीको मुख्य भूमिका भएको बताउँदै उनले विद्यार्थीलाई खेल शिक्षा सम्बन्धी राम्रो ज्ञानको खाँचो भएको औल्याए ।
क्षेत्र नं. १ छनौट प्रतियोगिता संयोजक नारायणी वलीको सभापतित्वमा भएको कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति अध्यक्ष भीम वली, बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष दीपक जिएम लगायतको उपस्थिति रहेको छ ।
मंगलबारबाट शुरु भएको प्रतियोगिता माघ ७ गते सम्म सञ्चालन हुनेछ । यसअघि क्षेत्र नं. ४ र क्षेत्र नं. २ को रनिङ्ग शिल्ड सम्पन्न भैसकेको छ ।
प्रकाशित मिति : २०७२ माघ ५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्