बर्दिया, माघ २ । आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार बर्दियामा विरोध प्रदर्शन गरेको छ । मोर्चाका कार्यकर्ताले गुलरियामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी मोर्चाका कार्यकर्ताहरुले कैलाली–कन्चनपुर जिल्लालाई कुनैपनि हालतमा नछाड्ने बताए । उनीहरुले ‘अधुरो संविधान’ आफूहरुलाई मान्य नहुनेसमेत जिकिर गरे ।
कालोबजारी नियन्त्रणको माग गर्दै मोर्चाका कार्यकर्ताहरुले शनिबार राधाकृष्ण चोकमा कोणसभासमेत गरेका थिए ।
प्रकाशित मिति : २०७२ माघ २ गते शनिबार
प्रतिक्रिया दिनुहोस्