माघ ६ गतेभित्रै सीमानामा भइरहेको अवरोध पूर्णरुपमा हट्छ



तुलसीपुर (दाङ)-नेकपा (एमाले) का सचेतक गोकुल घर्तीले माघ ६ गतेभित्र संविधान संशोधन विधयक टुङ्गिएसँगै सिमानामा भइरहेको अवरोध पूर्णरुपमा हट्ने दाबी गरेका छन्।
प्रेस चौतारी दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। मधेसी मोर्चाका मुद्दामा सरकार गम्भीर रहेको भन्दै घर्तीले संविधान संशोधन विधयकमार्फत आन्दोलन पक्षलाई सहमतिमा ल्याई नाका खोलिने उनको भनाई छ । उनले भारतसँग पटकपटक भएका कुटनीतिक छलफलबाट नै सीमाको समस्या कम हुँदै गएको बताए। राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएको भन्दै उनले अब समृद्धिको यात्रा सुरुवात गर्नुपर्ने बताए ।रासस

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २९ गते बुधबार