बंगबन्धु गोल्डकप : बिमलको गोलले नेपाल विजयी



काठमाडौं, पुस २९ – बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले हरायो ।

नेपाललाई जिताउन खेलको एक मात्र गोल बिमल घर्ती मगरले गरे । यो जितसँगै नेपालको २ खेलबाट ४ अंक भएका छ र नेपालको सेमिफाइनलमा पुग्ने संभावना पनि कायम रहेको छ । बिमल खेलको म्यान अफ दि म्याच पनि भए । नेपालले श्रीलंकासँग गएको हप्ता साफमा व्यहोरको हारको बदला पनि लिएको छ । भारतमा भएको साफ च्याम्पियन्सिप फुटबलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

आफ्नो पहिलो खेलमा मलेसियाको फेल्डा युनाइटेडसँग गोलरहित बराबरी खेलेको नेपालले समूह चरणको अन्तिम खेलमा अब शुक्रबार आयोजक बंगलादेशसँग खेल्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २९ गते बुधबार