दाङ, पुस २९ गते । लमही नगरपालिकाको दोस्रो नगरपरिषद्ले आगामी आव २०७३/७४ का लागि रु सात करोड ७५ लाख ८९ हजार ७७३ को बजेट पारित गरेको छ ।
मङ्गलबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार थापाले नगरपालिकाको बजेट, नीति तथा आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । परिषद्को उद्घाटन सभासद् पार्वती डिसी चौधरीले गर्नुभएको थियो । रासस
प्रकाशित मिति : २०७२ पुस २९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्