25 January 2021  |   सोमवार, माघ १२, २०७७

कैलालीमा काँग्रेसको सदस्यता विवाद चुलियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २६, २०७२  

धनगढी, पुस २६ । नेपाली काँग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा पार्टीको क्रियाशील सदस्यताको विवाद चुलिएको छ ।

विवादसँगै अवैधानिक सदस्यता खारेजी र वैधानिक सदस्यता कायम गर्नुपर्ने माग गर्दै काँग्रेस कैलालीको यहाँस्थित जिल्ला कार्यालयमा शनिबारदेखि पार्टीका नेता कार्यकर्ताहरु धर्नामा बसेकाछन् ।

सांसद पुष्करनाथ ओझाको नेतृत्वमा झन्डै एक दर्जन बढी नेता कार्यकर्ता अनशनमा बसेका हुन् । छवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन क्षेत्र नं ६ मा विवाद नरहेको भए पनि बाँकी सबै क्षेत्रमा क्रियाशील सदस्यता विवाद रहेको धर्नामा बस्नुभएका क्षेत्रीय अध्यक्ष उद्धवसिं विष्टले बताए ।

अवैधानिक सदस्यता खारेज नभएसम्म आफूहरुको धर्ना जारी रहने महाअधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले बताए ।

अनशनमा बस्नेहरु वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर रहेको बताइएको छ । यद्यपि वरिष्ठ नेता देउवा पक्षधर मानिएका पार्टीका जिल्ला सभापति नरनारायण शाह भने धर्नामा अनुपस्थित रहेका थिए । जिल्लामा काँग्रेसका झन्डै नौ हजार क्रियाशील सदस्य रहेको जनाइएको छ । रासस

प्रकाशित मितिः आइतवार, पुस २६, २०७२     12:06:17 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *