17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

भलिबलमा जन सम्पर्क समिति विजयी (फाेटो फिचर सहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २६, २०७२  

के सी शेर, अष्टिन टेक्सास –
अमेरिका टेक्सासको अष्टिनमा शनिबार भए को खुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजक नेपाली जन सम्पर्क समिति अष्टिन च्याप्टरको टिम बिजयी भएको छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा हिमाली टाइगर भलिबल टिम किलिनलाई हराउँदै जनसम्पर्क समिति अष्टिन च्याप्टर बिजयी भएको हो ।
६ टिमको सहभागिता रहेको प्रतियोगितामा हिमाली टाइगर किलिन उपविजेता भयो भने सिस्ने हिमाल भलिबल टिम अष्टिन तेस्रो भयो । नयाँ वर्षको अवसरमा नेपाली जन सम्पर्क समिति अष्टिन च्याप्टरले गर्दै आएको बिभिन्न कार्यक्रम अन्तरगत शनिबार भलिबल प्रतियोगिता सम्पन्न गरेको हो ।1
प्रतियोगितामा आयोजक जन सम्पर्क समिति अष्टिनको भलिबल टिम सहित हिमाली टाइगर भलिबल टिम किलिन, सिस्ने हिमाल भलिबल टिम रिभरसाइड अष्टिन, बिग अष्टिन भलिबल टिम, गोरखा ब्वाइज भलिबल टिम र नर्थ अष्टिन भलिबल टिमले प्रतिस्पर्धागरेका थिए ।
५ सय डलर पुरष्कार राशीको भलिबल प्रतियोगिता नक आउट चरणमा खेलाइएको थियो । फाइनल बेष्ट अफ ५ कोप्रतिस्पर्धाको रेफ्रिमा रुकुमका पुराना चर्चित खेलाडी रामप्रसाद के सी रहेका थिए भने अन्य रेफ्रिमा खगेन्द्र शर्मा, रोशन बस्नेत लगायतका रहेका थिए ।23456
बिजयी टिमलाई आइतबार हुने कार्यक्रम मार्फत नगद तथा मेडल प्रदान गर्ने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक रबिन बस्नेतले जानकारी दिए । जन सम्पर्क समिति अष्टिन च्याप्टरले आइतवार प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम सहित भव्य शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ ।
कार्यक्रमका लागि नेविसंघका केन्द्रिय अध्यक्ष नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभाषद रंजित कर्ण अष्टिन आइसकेका छन् । यसैगरी गायिका पविता परियारले समेत सहभागी हुने कार्यक्रम रहेको जन सम्पर्क समिति अष्टिन सभापती पे्रम पाण्डेले बताए ।

प्रकाशित मितिः आइतवार, पुस २६, २०७२     10:09:37 AM  |