19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मेरा लागि नग्नता केहि होइन: मोनिका बेलुची

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर १८, २०७२  

२५ वर्षको अभिनय यात्रामा मोनिका बेलुची कहिले पनि हलिउडमा आइनन्। उनले आफ्नो बोल्ड शैली तथा ‘मलेना’, ‘इररिभर्सियल’ तथा ‘प्यासन अफ द क्राइस्ट’ जस्ता फिल्मबाट आफ्timthumb (2)नो बेग्ले खालको पहिचान स्थापित गरेकी छन्। हालै उनले दिएको एक अन्तरवार्तामा उनले नग्नता आफ्ना लागि केहि नभएको बोल्ड भनाइ राखेकी छन्। एउटी अभिनेत्री तथा महिलाका भएका हिसाबले ‘नग्नता’को बारेमा राय के छ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले सो राय प्रकट गरेकी हुन्।

उनले भनिन्, ‘ नग्नता केहि पनि होइन्। अभिनेत्रीका हिसाबले भन्नुपर्दा शरिरले शब्दले भन्दा कयौं गुना  बढि अभिब्यक्त गर्न सक्छ। हात, अनुहार तथा शरिरको साहारामा शब्दले भन्दा प्रभावशाली ढंगले भावलाई व्यक्त गर्न सकिन्छ। कारण फिल्म थिएटर होइन र यो छविसँग जोडिएको माध्यम हो।’

‘जब म जुलियान मूर जस्ता अभिनेत्रीको ‘म्यापस् टु द स्टार्स’ जस्ता फिल्ममा उनलाई हेर्छु तब म आश्चर्यमा पर्ने गर्छु। उनी आफ्नो शरिरलाई कुनै वस्तु झैं प्रयोग गर्छिन्। संक्षेपमा भन्नुपर्दा आफ्नो शरिरलाई यसरी प्रयोग गर्नु भिन्नै प्रकारको जादुमयी क्षमता हो। शरिर एउटा उपकरण जस्तै हो। त्यसैले मैले कयौं पटक यस्ता फिल्म गर्छु जहाँ शरिर मुख्य हुन जान्छ। ‘इरिभर्सियल’, तथा ‘मलेना’ त्यस्तै फिल्म हुन्। मलाई यस्ता फिल्म गर्न मनपर्छ।’

प्रकाशित मितिः शुक्रबार, मंसिर १८, २०७२     7:32:25 AM  |