19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

एचआईभी संक्रमितले खाने औषधीको अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२  

बर्दिया, मंसिर १५ । २८ औं एड्स दिवस देशभर मनाइरहँदा बर्दियामा भने एचआईभी संक्रमितले खाने औषधीको अभाव भएको छ ।

लामो समयदेखिको तराई बन्द र भारतीय नाकाबन्दीका कारण बर्दियामा एचआईभी संक्रमितले खाने कोर्टिमोक्साजोल ट्यावलेटको अभाव भएको हो  ।

संक्रमितहरुका लागि अत्यावश्यक औषधीकोर्टिमोक्साजोल जिल्लामा अभाव भएपछि केही संघ संस्थासँग मागेर काम चलाउँदै आएको एन्टिरेट्रोभाईरल उपचार केन्द्रले जनाएको छ ।

अस्पतालमा एड्स भएकाले नियमित सेवन गर्नुपर्ने एन्टिरेट्रोभाईरल औषधी पनि ६६ वट्टा मात्र बाँकी रहेको एआरटी सेन्टरले जनाएको छ । बर्दियामा २ सय २९ जना एचआईभी संक्रमित छन् .

प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२     1:44:49 PM  |