20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२  

 

कोहलपुुर, मंसिर १०
महिला हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको छ । राष्ट्रिय महिला आयोगले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत बाँके सहित देशभरका जिल्लाहरुमा एक साथ मनाईदैछ ।  ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनःनिर्माण, शिक्षा र समान व्यवहार’ भन्ने आह्वानका साथ बुधबार देखि सुरु लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरिने महिला तथा बालबालिका कार्यलय बाँकेले जनाएको छ । १६ दिने अभियानको सुरुवात बुधबार बेलुकी नेपालगन्जको त्रिभुवन चोकमा दिप प्रज्वलन गरी गरिएको छ । दिवसको पहिलो दिन जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीलाई प्रशिक्षण, मैत्रीपूर्ण फुटबल प्रतियोगीता लगाएतका कार्यक्रम गरिएको
छ । अभियानको अवधीभर ग्रामिण स्तरमा सडक नाटक, अनुशिक्षण, चेतनामुलक कार्यक्रम गरिने महिला बालबालिका कार्यलय बाँकेले जनाएको छ । यस्तै थ्रि एन्जल्स नेपाल बाँके शाखाको सहजिकरणमा बुधवार वेलुका कोहलपुर चौराहामा गरिएको दिप प्रज्वलन गरिएको छ ।
यता देशैभर महिला हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेपनि ग्रामिण स्तरका महिलाहरु भने महिला हिंसा बिरुद्धको १६ दिने अभियानका बिषयमा अनभिज्ञ रहेका छन् । बाँकेका ग्रामिण तहका महिलाहरुलाइ महिला हिंसा बिरुद्धको १६ दिने अभियानका बिषयमा कुनै जानकारी नै छैन । सरकारले महिला हिंसा बिरुद्धको १६ दिने अभियान भब्य रुपमा मनाउने घोषणा गरिरहेका बेला बाँकेका ग्रामिण तहका महिलाहरुले भने महिला हिंसा बिरुद्धको अभियानका बिषयमा आफुले नाम नै नसुनेको बताउँछन् । बाँके कोहलपुर २ की गिता सुनारले महिला हिंसा बिरुद्धको १६ दिने अभियानको बारेमा आफुलाइ कुनै जानकारी नभएको बताइन् ।
गिता जस्तै थुपै्र महिलाहरु महिला हिंसा बिरुद्धको १६ दिने अभियान केहो भन्ने बिषयमा जानकार छैनन् । सदरमुकाममा बिभिन्न होटल र रेष्टुरेन्टमा महिला हिंसा बिरुद्धको १६ दिने अभियानका बिषयमा चर्काचर्कि चलिरहेका बेला गाउँका महिलाहरु भने यो बिषय प्रति पुरै अनभिज्ञ छन् । देशैभर बुधबार देखि महिला हिंसा बिरुद्धको अभियान सन्चालन भैरहेपनि बाँकेका ग्रामिण तहका महिला जस्तै थुप्रै महिलाहरु १६ दिने अभियानका बिषयमा जानकार छैनन् । महिला हिंसा बिरुद्धको अभियान सन्चालन संगै अभियानको बिषयमा हरेक तह र तप्कामा जानकार गराउनु राज्यको प्रमुख दायित्व हो । तर ग्रामिण तहका महिलाहरु भने त्यसमा बेखबर बन्ने गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२     9:37:16 AM  |