17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बबई सिचाई आयोजना निर्माण पछि स्थानिय बासिन्दा खुसी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १, २०७५  

बर्दिया/ बर्दिया जिल्लाको राष्टिय गौरवको आयोजनाका रुपमा चिनिएको बबई सिचाई आयोजना निर्माण पछि अहिले स्थानिय बासिन्दाहरुमा खुसि छाएको छ ।

बर्षौ पहिले देखि परम्परागत रुपमा बबई नदीमा कृतिम बाध निर्माण गरि पानि सिचाई गर्दे आई रहेका बर्दियाको ढोढरी, सानोश्री, ताराताल, बगनाह, न्यौलापुर, बर्गदाका स्थानिय बासिन्दाहरलाई बबई सिचाई आयोजनाले पश्चिमी मुल नहर निर्माण गरे पछि अहिले सथानिय बासिन्दाहरु परम्परागत सिचाई बाट बैज्ञानीक सिचाई तर्फ आर्कषित समेत हुन थालेका छन ।

पहिला पहिला स्थानिय कृषकहरु हप्तौ लगाएर बबई नदीमा अस्थाई प्रकारको झाला पाता प्रयोग गरि बाध बाधेर पानि सिचाई गर्ने गरेका थिए तर अहिले बबई सिचाईले पश्चिम नहर स्थापना गरेका कारण स्थानियलाई सवै कष्ट हटेको स्थानिय कृषकहरुको भनाई रहेको छ ।

बि.सं २०२४ साल देखि अध्यन थालिएको बबई सिचाई आयोजनाले बबई नदीको पश्चिम तर्फ २१ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुरयाउँने उद्धेश्यले बि.सं.२०३५ सालमा सो क्षेत्रको सम्भाब्यक्ता अध्यन सम्पन्न गरिएको थियो ।

बबई नदीको पश्चिम तर्फ साईफन निर्माण पश्चात मुल नहर मार्फत पानि सिचाई हुन थाले पछि अहिले पश्चिम तर्फका गाउँहरु र खेतहरुमा हरियाली छाएको छ भने घर छेउँमा निर्माण भएको नहरले आफुहरुले सुख पाएको कृषकहरु बताउँछन ।

बबई नदीको पश्चिम तर्फ साईफन निर्माण पश्चात अहिले करिव २८ किलोमिटर मुल नहरबाट परम्परागत कुलोहरुमा पानि उपलब्ध गराईएको छ । मुल नहरबाट परम्परागत कुलोहरुमा पनि लगेर अहिले करिव १० हजार हेक्टर जमिनमा सिचाई सुविधा उपलब्ध रहेको छ ।

बबई सिचाई आयोजनाले पश्चित तर्फ अहिले सम्म २८ किलोमिटर नहर निर्माण सम्पन्न भएको छ भने २८ देखि ४३ किलोमिटर सम्मको सम्भाब्यता अध्यन भईरहेको छ ।

आर्थिक बर्ष ०४९÷०५० देखि शुरु भएको बबई सिचाई आयोजनाको शुरुको काममा बबई नदीमा हेडवक्र्स तयार गरी पुर्व तर्फ सिचाई सुविधा पुरयाउँने उद्धेश्यले निर्माण गरिएको भए पनि बबई नदीको पश्चिममा पर्ने ढोढरी, बगनाह, सानोश्री, ताराताल, बर्गदा, गुलरिया लगायतका स्थानहरुमा सिचाई सुविधा पुरयाउँने उद्धेश्यले बबई नदीमा आर्थिक बर्ष ०६७÷०६८ मा साईफन निर्माण कार्य शुरु गरि ०६९÷०७० मा ४४ करोड २४ लाखको लागतमा साईफन निर्माण सम्पन्न गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, साउन १, २०७५     7:18:42 PM  |