पेनिसिलिनको खोज अचानक नै भयो । कुरा सन् १९२८ को हो, सेन्टमेरी अस्पतालको आफ्नो प्रयोगशालामा फ्लेमिङ्ग साना साना भाँडाहरू सफा गरिरहेका थिए, जसमा उनले जीवाणुहरूको कल्चर तयार गरेका थिए । एक कचौराको बिर्को खोलेर हेरे त्यहाँ उनले कुनै अनौठो चीज उनका अगाडी देखा प¥यो । त्यस कचौराको बिर्को खोलिएको अवस्थामा झ्याल खोलेर हेर्दा कुनै ढुसीको स्पोर (जीवाणु) उडेर आएको थियो र बढ्दै थोरै टाढासम्म फैलँदै गएको थियोे । तर फङ्गसको चारैतिरको जीवाणु नष्ट भएका थिए ।
चिन्तामणि घिमिरे
फ्लेमिङ्ग साधारण मालीका छोरा थिए । अभावमा जन्मे र अभावमै हुर्किएर ठूलो मान्छे बने । डाक्टर बन्ने उनको दृढ संकल्प थियो । जसलाई उनले ठूलो मेहनत र लगनका सथ पूरा गरे । शायद कुनै यस्तो व्यक्ति होला जसले रामबाण मानिने पेन्सिलिनको आविष्कारक अलेक्जेण्डरलाई नचिनोस् । चिकित्सा विज्ञानले उनलाई भुल्न सक्दैन् । आखिर मालीको छोरो कसरी यति ठूलो डाक्टर र वैज्ञानिक बन्न सफल भए । अलेक्जेण्डर फ्लेनिङ्गको जन्म ६ अगस्त १८८१ मा स्कट लयाण्डमा भएको थियो । आमाबाबुका आठोे सन्तानमध्ये यिनी सबैभन्दा कान्छा थिए । जब उनी आठ वर्ष उमेरको पुगेका थिए पिताजीको निधन भयो । अब छोराछोरीको लालनपालनको जिम्मा माताको काँधमाथि आयो । उनले छोराछोरीको राम्रोसँग लालनपालन गरिन् । उनीतर्फका चारजना र सौता तर्फबाट चारजना गरि जम्मा आठजना सन्तान थिए ।
आमाले सबैलाई बराबरी माया दिएर हुर्काइन् । फ्लेमिङ्ग र उनका भाइबहिनीहरू अभावमा नै हुर्के र बढे । उनीहरूको आम्दानीको स्रोत केहि पनि थिएन । केवल खेतीपातीको भरमा जीवन निर्वाह भएको थियोे । दस वर्ष भएपछि फ्लेमिङ्ग घरबाट नजिकैको स्कुलमा जान लागे । दुई वर्षपछि उनको नाम डार्वेलको स्कुलमा लेखाइयो । जो तीन चार माइल तल बेसीमा पथ्र्यो । आफ्ना दुई दाईहरूको साथ उनलाई पहाडको उकालो चढ्नमा मजा आउँथ्यो । उनले बाटोका सबै रुख बिरुवाहरूलाई नियाल्थे, पन्छीहरूलाई मुग्ध भएर हेर्थे र बाटो पनि सजिलैसँग कटेको हुन्थ्यो । यिनी प्रकृतिप्रेमी थिए । दैनिक पैदल यात्राका दौरान उनले प्रकृतिको पर्याप्त अध्ययन गरे ।
केही वर्षपछि उनी आफ्ना दाईहरू टामस, जोन र रोबर्टलाई लण्डनमा गएर भेटे । दाईहरू लन्डनमा बस्थे । टामस पछि गएर लन्डनको प्रसिद्ध नेत्र विशेषज्ञ बने । जोन र रोबर्ट नेत्रपरीक्षक बने । उनीहरूले चस्मा बनाउने र बेच्ने आफ्नो स्वतन्त्र पेशा सुरु गरे । उनीहरूको परीक्षणशाला पनि लन्डनभरी नै प्रसिद्ध भयो । त्यहाँ फ्लेमिङ्गले चस्माको काम सिक्न लागे । त्यहाँ उनले चस्माको पसल पनि खोले । फेरि पनि परिवारको आर्थिक स्थिति सुदृढ हुन सकेन । आखिरमा गएर फ्लेमिङ्गको पढाइ ठप्प हुन गयो र उनले सोह्र वर्षको उमेरमा एक जहाजको कम्पनीमा जागिर गरे । फ्लेमिङ्ग खेलका बडा सौखिन थिए । वाटरपोलो खेल्नमा उनी दक्ष थिए । एकपटक उनको टीमको प्रतिस्पर्धा सेन्टमेरी मेडिकल कलेजको टीमसङ्ग भयो । भयंकर टक्कर परेको थियोे, तैपनि फ्लेमिङ्गको टीमको जीत भयो ।
मेडिकल कलेजको खेलको अध्यक्ष उनीसँग धेरै खुसी भए र उनले यस्तो तेज खेलाडीलाई आफ्नो टीममा सामेल गर्न चाहे । उनैको प्रयासबाट फ्लेमिङ्गलाई मेडिकल कलेजमा प्रवेश मिल्यो । उनको इच्छा पूरा भयो । खेलको अतिरिक्त पढाइमा पनि फ्लेमिङ्ग सधै अगाडी रहे । सेन्टमेरी स्कुलमा चिकित्साको हरेक विभागमा प्रथम भएकोमा पुरस्कारस्वरुप उनलाई कैयौँ स्वर्णपदक मिले । सन् १९०६ मा पच्चीस वर्षको उमेरमा सेन्टमेरी स्कुलबाट उनी चिकित्सा विज्ञानको स्नातक भए । केही मानिसहरूले उनलाई चिकित्सा पेशा अपनाउन सल्लाह दिए । यद्यपि उनी खोज अनुसन्धान गर्नमा नै आफ्नो जीवन बिताउन चाहन्थे । फलतः उनी प्राध्यापक आल्मरोथ राइटको सहयोगी बनेर चिकित्सासम्बन्धी अनुसन्धान गर्न लागे ।
फ्लेमिङ्गको सबभन्दा ठूलो देन हो पेनिसिलीन नामक प्रतिजैविक(एन्टिवायोटिक) औषधि । चिकित्सा विज्ञानमा यसले नयाँ द्वार खोल्यो । रोगहरूको जीवाणुहरूलाई मार्न, नष्ट गर्नमा यो अत्यन्त लाभदायक सावित भयो । जुन घातक जीवाणुहरूलाई मार्नमा सल्फा औषधि असक्षम हुन्छ त्यसलाई पनि समुल नस्ट गर्नमा यो सक्षम छ । पेनिसिलिनको खोज अचानक नै भयो । कुरा सन् १९२८ को हो, सेन्टमेरी अस्पतालको आफ्नो प्रयोगशालामा फ्लेमिङ्ग साना साना भाँडाहरू सफा गरिरहेका थिए, जसमा उनले जीवाणुहरूको कल्चर तयार गरेका थिए । एक कचौराको बिर्को खोलेर हेरे त्यहाँ उनले कुनै अनौठो चीज उनका अगाडी देखा प¥यो । त्यस कचौराको बिर्को खोलिएको अवस्थामा झ्याल खोलेर हेर्दा कुनै ढुसीको स्पोर (जीवाणु) उडेर आएको थियो र बढ्दै थोरै टाढासम्म फैलँदै गएको थियोे । तर फङ्गसको चारैतिरको जीवाणु नष्ट भएका थिए ।
यसको अर्थ यो भयो कि फङ्गसमा जीवाणुहरूलाई नष्ट गर्ने क्षमता थियोे । उक्त फङ्गस थियो– पेनिसिलियन । त्यसलाई अन्य जीवाणुहरूमाथि पैदा गरेर (उमारेर) फ्लेमिङ्ग्ले परीक्षण गरे र सदैव त्यस्तै नै प्रभाव देखे । फ्लेमिङ्गले यस फङ्गसलाई अलग कचौरामा उमारे र त्यसबाट सार अलग गरे, जसमा जीवाणुहरूलाई नष्ट गर्ने तागत थियो । यही सार पेनिसिलिन भनेर प्रख्यात भयो । फ्लेमिङ्गले सोचे कि यदि यो जीवाणुहरूलाई नष्ट गर्न सक्दछ भने कहिँ शरीरको कोषिकाहरूलाई त नोक्सान पु¥याउँदैन ? यद्यपि यस्तो थिएन । फ्लेमिङ्गले परीक्षण गरे र त्यसलाई सही रूपमा पाए । उनले भनेका थिए ‘परीक्षणद्वारा प्रमाणित यसको विषहीनता नै थियो, जसलाई देखेर मेरो यो अवस्था भयो कि एक न एकदिन पेनिसिलिन एक स्वतन्त्र चिकित्साको रूपमा प्रयोगमा आउन थाल्नेछ ।’
तर फेरि भयो यस्तै नै । पेनिसिलिनको उपयोगिता प्रमाणित भयो र उनलाई नोवेल पुरस्कारबाट सम्मानित गरियो । पेनिसिलिनको उपयोगिता आविष्कार भएको १७ वर्षपछि फ्लेमिङ्गलाई नोवेल पुरस्कार दिइएको थियोे । फ्लेमिङ्गपछि वाक्समानले स्ट्रेप्टोमाइसिनको आविष्कार गरे । आज कैयौँ प्रतिजैविक औषधिहरू बजारमा उपलब्ध छन्, जुन प्राणघातक रोगहरूको उपचारको काममा आउँछन् । ११ मार्च १९५५ मा फ्लेमिङ्गको निधन भयो ।









प्रतिक्रिया दिनुहोस्