चौराहादेखि अघि बढेको ¥याली साझा चोक नजिकै पुग्दा त्यहाँ सडकखण्डको बीच भागको डिभाइडरमा युवाहरूलाई विदेश पठाउने काम गर्दै आएको थिङ्क कन्सल्टेसी कोहलपुरले दुई वटा पानीका कार्टुन राखेको थिए । जेनजी पुस्ताहरूको आन्दोलनको ¥याली त्यहाँ पुग्नासाथ कन्सल्टेसीका केही कर्मचारीहरूले भिडिओ खिच्दै पानी वितरण गर्न थाले । कोहलपुरको प्रचण्ड गर्मीले असिनपसिन भएका ¥यालीमा रहेका प्रदर्शनकारीहरूले भने आक्रोशमा पानीका बोतलहरू फ्याँकिदिए ।
गणेश रावत । कोहलपुर ।
जेनजी पुस्ताहरूले सोमबार देशभर प्रदर्शन गरे । बाँके कोहलपुरका जेनजीहरूले पनि बिहान ११ बजेबाट प्रदर्शन सुरु गरेका थिए । कोहलपुर नगरपालिकाका विभिन्न ठाउँहरूबाट जेनजी पुस्ताहरू सहभागी भएर प्रदर्शन गरेका हुन् । सरकाले बन्द गरेको सामाजिक सञ्जाल, भ्रष्टाचार र बेथतिको विरुद्धमा उनीहरूले प्रदर्शन गरेका थिए । नगरपालिकाभित्र रहेका युवाहरू कोहलपुर चौराहामा जम्मा भएर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
चर्काे गर्मीमा केपी चोर देश छोड, शेरे चोर देश छोड, प्रचण्ड चोर देश छोड, नालायक सरकार मुर्दाबाद, भ्रष्टाचार अन्त्य गर, सामाजिक सञ्जाल खुला गर लगायतका नारा लगाउँदै ¥याली निकालेका हुन् । चौराहादेखि अघि बढेको ¥याली साझा चोक नजिकै पुग्दा त्यहाँ सडकखण्डको बीच भागको डिभाइडरमा युवाहरूलाई विदेश पठाउने काम गर्दै आएको थिङ्क कन्सल्टेसी कोहलपुरले दुई वटा पानीका कार्टुन राखेको थिए ।
जेनजी पुस्ताहरूको आन्दोलनको ¥याली त्यहाँ पुग्नासाथ कन्सल्टेसीका केही कर्मचारीहरूले भिडिओ खिच्दै पानी वितरण गर्न थाले ।कोहलपुरको प्रचण्ड गर्मीले असिनपसिन भएका ¥यालीमा रहेका प्रदर्शनकारीहरूले भने आक्रोशमा पानीका बोतलहरू फ्याँकिदिए । उनीहरूले केही समय कन्सल्टेसी मुर्दाबाद लगायतका नारा लगाउँदै पानी सडकमा फ्याँकेका थिए । आन्दोलनकारी आभास काफ्लेले देश बिगार्ने भनेकै कन्सल्टेसी रहेकाले पानी दिएर विज्ञापन गर्न खोजेको भन्दै आपत्ति जनाउँदै विरोध गरे ।
कन्सल्टेसीहरूले नै नेपालका युवाहरू बेचिरहेको समेत उनी बताउँछन् । ‘देश बिगार्ने भनेकै कन्सल्टेसी हुन् । कल्सन्टेसीहरूले हाम्रा युवा विदेशमा बेचिरहेका छन् । अब हामी जेनजीले पनि प्रचार गर्दा राम्रो कुराको गर्नुपर्छ । प्रचार गर्नका लागि पानी बाँडेकाले पानी फालिदिएका हौँ,’ उनले मिसन टुडेसँग भने । जेनजीहरू आफैँमा सक्षम रहेकाले कसैको झोले बनेर पछि नलाग्ने उनी बताउँछन् । कोहलपुर क्षेत्रमा मात्रै दुई दर्जन बढी युवाहरूलाई विदेश पठाउने कल्सन्टेसीहरू रहेका छन् ।
जेनजीहरूले स्वतर्फुत रूपमा प्रदर्शनमा सहभागी रहेकाले राजनीतिक नेता तथा कार्यकर्ताहरूलाई प्रवेश निषेध गरेका हुन् ।आन्दोलनकारीहरूलाई पानी दिएको नाटक गरेर भिडिओ बनाउँदै आफ्नो प्रचार गर्न खोजेकाले उनीहरू आक्रोशित थिए । बाक्लो सुरक्षाकर्मीहरूको घेराभित्र जेनजीहरूले प्रदर्शन गरेका थिए । अप्रिय घटना भने घट्न पाएन । मोटरसाइकलका साथै उनीहरूले विभिन्न प्ले कार्डहरू देखाउँदै आन्दोलनमा उत्रिएका थिए । उनीहरूले कोहलपुर चौराहामा चक्काजाम गर्नुका साथै कोहलपुर नगरपालिकासमेत घेराउ गरेका थिए । आजसमेत कोहलपुरमा युवाहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् ।
बाँकेमा फितलो उपस्थितिमा प्रदर्शन
इतिहासमा भएका ठूला आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नेपालगन्ज र बाँके जिल्लामा सोमबार जेनजीले गरेको प्रदर्शन अरु ठूला सहरको तुलनामा थोरै सहभागिताको रह्यो । बिहान नौ बजे नेपालगन्जको वीपी चोकमा जम्मा भएका जेनजीहरूले केहीबेर भ्रष्टाचारविरोधी नारा लगाए । त्यसपछि उनीहरू नारा लगाउँदै धम्बोझी चोकतर्फ लागेका थिए । धम्बोझी चोकमा पनि केहीबेर नारा लगाउँदै उनीहरू सेतुविक चोक हुँदै जिल्ला प्रशासन कार्यालय बाँके पुगे ।
त्यहाँ पुग्दासम्म प्रदर्शनकारीहरू बीच नै मतभेदको संकेत देखिसकेको थियो । प्रदर्शनमा सहभागिहरूले आ–आफ्नै ढंगले नारा लगाइरहेका थिए । केहीले केपी चोर देश छोड भन्दै थिए । केहीले केपी तेरो पाराले दुःख पाए साराले नारा लगाउँदै थिए । केहीले भने भ्रष्टाचार बन्द गर, जनता लुट्न पाइँदैन, जनताको आवाज बन्द गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
जिल्ला प्रशासन कार्यालय पुग्दा आन्दोलनमा सहभागी केही युवाहरूले कुनै व्यक्तिलाई तोकेरभन्दा आन्दोलनको मागअनुसारका नारा लगाउन आग्रह गरे । तर, भिडबाट केही युवाहरूले केपी चोर देश छोड भन्न छोडेनन् । त्यसपछि उक्त ¥याली गणेशमान चोक हुँदै पुनः वीपी चोक पुग्यो। वीपी चोकमा पनि चर्का नारा लगाउने र सवारीसाधन रोक्न एक पक्ष उक्साउन थालेपछि शान्तिपूर्ण रूपमा आन्दोलन हुनुपर्छ भन्नेहरू सडक छाडेर हिँडे ।
त्यसपछि प्रहरीले सवारीसाधन रोक्न खोज्ने दुईजना युवाहरूलाई नियन्त्रणमा लिएर उपमहानगरभित्र राख्यो । त्यसक्रममा नियन्त्रणमा लिएका युवाहरूलाई छोड्न भन्दै टायर बालेर प्रदर्शन गर्न थाले । प्रहरीले नियन्त्रणमा लिएका युवाहरूलाई आफन्तको जिम्मा लगाएपछि युवाहरू घरतर्फ लागे । केही युवाहरूले प्रदर्शमा राजनीतिक घुसपैठ भएको भन्दै असन्तुष्टि पोखिरहेका थिए । समग्रमा नेपालगन्जले पनि आन्दोलनमा आफ्नो उपस्थिति देखाएपनि जनेपालगन्जको जनसङ्ख्याका हिसाबले पर्याप्त सहभागिता रहेको देखिएन । बाँके प्रहरीले आन्दोलन शान्तिपूर्ण नै रहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्