काठमाडौँ ।
नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले प्रतीक्षित ‘हरेक क्षणमा महानता, हरेक उत्सवलाई प्रेरित गर्नुहोस्’ नामक दसैँ तिहार अभियानको सुरुवात गरेको छ । यस विशेष योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकहरूलाई खुसी दिने लक्ष्य राखेको छ । अभियानअन्तर्गत ग्राहकहरूले रु दुई लाख आठ हजार दुई सयसम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । यस योजनाका मुख्य विभिन्न आकर्षणहरू रहेका छन् ।
जसअन्तर्गत टीसीएल साइड–बाई–साइड रेफ्रिजेरेटरको खरिदमा पानी मेसिन पाइनेछ । टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट र टीसीएलको एयर कन्डिसनरको खरिदमा निःशुल्क जडानको सुविधा रहेको छ । ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभीको खरिदमा ९ महिनाको नेट टिभीको निःशुल्क सदस्यताको सुविधा रहेको छ । टीसीएल विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्डमध्ये एक हो ।
स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कन्डिसनर लगायतका अत्याधुनिक उत्पादनका कारण टीसीएल विश्वभर नवप्रवर्तन र गुणस्तरीय प्रविधिका लागि चिनिन्छ । सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युम र डुरा बल्स वितरण गर्ने अग्रणी कम्पनी हो । जसले अन्तर्राष्ट्रियस्तरका ब्राण्डहरूलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । ग्राहकमैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण सीजी इलेक्ट्रोनिक्स उपभोक्ताहरूमाझ एक भरोसायोग्य नाम बनेको छ ।
नेपालको सबैभन्दा ठूलो पर्वको अवसरमा टीसीएल र सीजी इलेक्ट्रोनिक्सलेसँगै नेपाली ग्राहकहरूलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएको छ । यो अभियान भदौ १९ देखि सुरु भइसकेको छ । सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागु हुनेछ ।









प्रतिक्रिया दिनुहोस्