नेपालगन्ज ।
एक हजार पाँच सय २६ जना जाहेरवाला रहेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको सहकारी रकम हिनामिना, ठगी र संगठित अपराध सम्बन्धिको मुद्दाका दोषीहरू हरदेवबक्स चौधरी, सिद्विकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको छ । उच्च अदालत नेपालगन्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीमगरका अनुसार उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो । बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास गरी दुई तहको अदालतले उनीहरू जेल सजाय र बिगो भराउने फैसला गरेसँगै सहकारीका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरीसहित सिद्विकुमार महर्जन र सुरत खटिक फरार रहेका थिए ।घर्तीमगरका अनुसार अझै १० दोषीहरू पक्राउ हुन बाँकी रहेका जानकारी दिए ।
सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेर अहिले पनि बचतकर्ताहरूको रकम फिर्ता हुन सकेको छैन । पीडितहरू रकम फिर्ता नभएसम्म आफूहरूले न्याय पाएको अनुभूति गर्न नसक्ने बताउँछन् । अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, ५०–५० हजार जरिवाना तोकिएको छ भने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको छ ।
सहकारीमा भएको घोटालाका सम्बन्धमा २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र संगठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश ईन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई कसुरदार ठहर गरेको थियो।
उक्त फैसलाविरुद्ध प्रतवादीहरू उच्च अदालत गएकोमा २०८२ जेष्ठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरेको थियो । उक्त पैmसलापछि सर्वाेच्च अदालत जानसक्ने ३५ दिनको समय सकिएसँगै प्रहरीले अदालतले दोषी ठह¥याएकाहरूलाई सजाय भुक्तानीका लागि पक्राउ गर्न थालेको छ ।









प्रतिक्रिया दिनुहोस्