सेन्ट जेभियर्सलाई ग्लोबल रिच फुटसलको उपाधि



काठमाडौँ ।

ग्लोबल रिचले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरविद्यालय ‘ए’ लेभल फुटसल प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स कलेजले जितेको छ । धुकु फुटसलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सेन्ट जेभियस्र्ले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलर्ला पेनाल्टी शुटआउटमा ४–३ गोल अन्तरले पराजित ग¥यो । निर्धारित ४० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

प्रतियोगितामा उपत्यकाका १६ कलेजको सहभागिता थियो । ग्लोबल रिचले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता सेन्ट जेभिर्यस्का आदित्य गैरे भए । त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि उपविजेता प्रिमियमका श्यामिर श्रेष्ठ, उत्कृष्ट गोलरक्षक पनि प्रिमियमकै रिलिश न्यौपाने घोषित हुँदा सर्वोत्कृष्ट प्रशिक्षक सेन्ट जेभियस्र्का वेदान्त सिंह ठकुरी भए । फाइनल खेलको म्यान अफ दी म्याच सेन्ट जेभियस्र्का सन्जोग राई घोषित भए ।

रातो बंगला स्कूलले फेयर प्ले अवार्ड जित्यो । प्रतियोगितालाई अष्ट्रेलियाका युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, बैंकक युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, म्याक्वेर युनिभर्सिटी र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको सहप्रयोजन गरेको थियो । विजेतालाई नेपाली राष्ट्रिय महिला टोलीकी फर्वाड रेखा पौडेलले पुरस्कार वितरण गरेकी थिइन् ।

समापन कार्यक्रममा ग्लोबल रिचका प्रतिनिधिले विद्यार्थीहरूले देखाएको ऊर्जा र फुटसल प्रेमका कारण आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । खेल केवल प्रतियोगिता जित्नका लागि मात्र नभइ व्यक्तित्व विकास र सामूहिक भावना वृद्धि गर्ने माध्यम पनि भएकाले प्रतियोगिता आगामी दिनमा अझ बृहत् गरिने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार