काठमाडौँ ।
रेडियन्ट रिडर्स एकेडेमी सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता भोलि सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले जानकारी दिए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड तथा समूह ‘बी’मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन रहेका छन् । भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ समूह ‘सी’मा छन् भने बालकुञ्ज, मृगसिरा वल्र्ड स्कुल र रेडियन्ट ‘ए’ समूह ‘डि’मा रहेका छन् । खेल १० ओभरको हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले बताए । एक टिममा १० खेलाडी हुने छन् भने ८ जनाले खेल्न पाउने छन् ।
विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रूपैयाँँ खर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेलहरू आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले प्रतियोगिताले क्रिकेटको प्रवद्र्धनमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ बृहत्रूपमा आयोजना गर्ने योजना रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्