बर्दिया, ९ मंसिर/ बर्दियाको बाँसगढीमा मतदाता शिक्षा सम्बन्धी सडक नाटक देखाइएको छ ।
निर्वाचन आयोग काठमाडौबाट आएका राष्ट्रिय कलाकार सहितको टोलीले निर्वाचन शिक्षालाई प्रभाबकारी बनाउनका लागी सड्क नाटक शुक्रबार बाँसगढी बजारमा देखाएको हो ।
नाटकमा मतदान किन गर्ने, मतदान कसरी गर्ने ? कस्ता उमेद्धारलाई मत दिने र निर्वाचन आचार संहिता सम्बन्धी सन्देश मुलक नाटक देखाईएको थियो ।
आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई आआफ्नो मतको सहि सदुपयोग कसरी गर्ने, निर्वाचन आचार संहिता कसरी उलंघन भईरहेका छन कसरी आचारसंहिता पालना गर्ने जस्ता सन्देश नाटकमा झल्काइएको थियो ।
नाटक पश्चिम महाकाली देखि पूर्ब मेचि सम्म प्रर्दशन गर्ने आयोजकले जनाएको छ । नाटकमा राष्ट्रिय ख्याति प्राप्त कलाकार सहित ११ जना कलाकारहरु रहेका थिए ।








प्रतिक्रिया दिनुहोस्