१० करोड लगानीमा ‘कोहलपुर जैविक पार्क’ बन्दै



कोहलपुरमा हाल सञ्चालनमा रहेका अन्य पार्कहरूमा भन्दा अत्याधुनिक र बहुआयमिक क्षेत्रको रूपमा विकासगरी आन्तरिक पर्यटन प्रवद्र्धन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य रहेको रक्षा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । समूहकी अध्यक्ष पूर्णकला भण्डारीले स्थानीय सरकारको सहयोग र अन्य सरोकारवाला निकायको समन्वयमा १० करोड लागत लाग्ने अनुमानसहितको डीपीआर सम्पन्न भइसकेको छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुने पार्कमा अत्याधुनिक संरचना निर्माण हुनेछन् ।

कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा ‘कोहलपुर जैविक पार्क’ बन्ने भएको छ । रक्षा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रहेको क्षेत्रमा अत्याधुनिक संरचनासहितको कोहलपुर जैविक पार्क निर्माण हुने भएको हो । पार्क निर्माणका लागि कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । डीपीआरअनुसार पार्क पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि संरचना निर्माणमा मात्रै कूल १० करोड लागत लाग्ने अनुमान गरिएको छ ।

कोहलपुरमा हाल सञ्चालनमा रहेका अन्य पार्कहरूमा भन्दा अत्याधुनिक र बहुआयमिक क्षेत्रको रूपमा विकासगरी आन्तरिक पर्यटन प्रवद्र्धन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य रहेको रक्षा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । समूहकी अध्यक्ष पूर्णकला भण्डारीले स्थानीय सरकारको सहयोग र अन्य सरोकारवाला निकायको समन्वयमा १० करोड लागत लाग्ने अनुमानसहितको डीपीआर सम्पन्न भइसकेको छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुने पार्कमा अत्याधुनिक संरचना निर्माण हुनेछन् ।

डीपीआरमा पार्क नजिकै रहेको डुडुवा खोलामा ड्याम बनाएर ¥याफ्टिङ सञ्चालन गर्ने योजनासम्म समावेश गरिएको छ । डीपीआरमा पार्कभित्र पानीको फोहोरा, चिल्डे«न पार्क, बृहत् सभाहल र बैठक हल निर्माण गर्ने उल्लेख गरिएको अध्यक्ष भण्डारीले बताइन् । यस्तै, सार्वजनिक र आन्तरिक पर्यटकको सहजताका लागि सात वटा पिकनिक स्पट, सहायक सडक निर्माण, चार वटा गोलघर निर्माणसमेत गरिनेछ। यसैगरी, स्विमिङ पुल, डुडुवा नाला र पार्क जोड्न झोलुङे पुल निर्माण र डुडुवा खोला रोकेर ¥याफ्टिङ सञ्चालन गर्ने दीर्घकालीन योजना समावेश गरिएको छ ।

पार्कभित्रै शान्त तथा रमणीय वातावरणमा अध्ययन गर्न मिल्नेगरी शान्ति बाटिकासमेत निर्माण गर्ने योजना रहेको छ । एक बिघा क्षेत्रफलमा विभिन्न प्रजातिका जडिबुटी रोप्नेसम्मको योजना रहेको अध्यक्ष भण्डारीले सुनाइन् । ‘पार्कको प्रारम्भिक संरचना निर्माण सम्पन्न भइसकेको छ । दीर्घकालीन योजनासहितको डीपीआर तयार भएको छ । सोहीअनुसार क्रमशः संरचना निर्माण गरिनेछ । कोहलपुरमा हाल रहेका पार्कहरू भन्दा फरकरूपमा निर्माण गर्ने योजना रहेको छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् ।

एक करोड लागतमा संरचना निर्माण

१० करोड लागतमा कोहलपुर जैविक पार्क निर्माण गर्न डीपीआर निर्माण गरिएको पार्कको संरचना संरचना निर्माण गर्न सुरु भइसकेको छ । रक्षा मध्यवर्ती समुदायिक वन उपभोक्ता समूहको उक्त वनक्षेत्रमा गत आर्थिक वर्ष २०८१–०८२ मा एक करोड लागतमा संरचना निर्माण गरिएको छ । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालको संघीय संसद कोषअन्तर्गत डिभिजन वन कार्यालय बाँकेमार्फत उक्त सामुदायिक वन रहेको क्षेत्रमा संरचना निर्माण सम्पन्न गरिएको हो ।

पार्क निर्माणका लागि सांसद ढकालले नै २०८१ वैशाख ४ गते शिलान्यास गरेका थिए । त्यसअघि डिभिजन वन कार्यालय बाँकेले पार्क निर्माणको लागि ठेक्का आह्वान गरेको थियो । ठेक्कामार्फत केदारनाथ कन्ट्रक्सनले ९१ लाख ९४ हजारमा निर्माण जिम्मा लिएको थियो । कन्ट्रक्सनले ठेक्कामार्फत पहिलो चरणको संरचना निर्माण सम्पन्न गरिसकेको रक्षा मध्यवर्ती समुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष भण्डारीले बताइन् । उनका अनुसार टिकट काउन्टर, चार वटा सटर, मूल गेट, ५२५ मिटर नेटजाली निर्माण सम्पन्न भइसकेको छ । यस्तै ११२ मिटर पक्की पर्खालसमेत निर्माण गरिएको छ । कूल १ करोड लागतमध्ये ठेक्का आह्वान गर्दा बजेको रकमबाट डुडुवा नालामा ह्युम पाइप हालिएको अध्यक्ष भण्डारीले बताइन् ।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोखरेलले पनि गत आर्थिक वर्षको बजेटबाट संरचना निर्माण सम्पन्न भइसकेको बताए । ठेक्का प्रक्रियामार्फत पार्कको संरचना निर्माण भएको र कार्यालयको तर्फबाट अनुगमनसमेत गरिएको उनले बताए । ‘यो संघीय बजेटमार्फत कार्यान्वयन भएको योजना हो । उक्त क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्छ । योजना कार्यान्वयन गर्नुभन्दा पहिला निकुञ्ज, उपभोक्ता समूह र कार्यालयबीच छलफल भएको थियो । योजना वन कार्यालयबाटै कार्यान्वयन हुनेगरी आएकोले हामीले प्रक्रिया सुरुवात गरेका हौँ,’ पोखरेलले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार