युवा सञ्जालद्धारा ‘कोहलपुर युवा दपर्ण’ विमोचन



कोहलपुर ।

कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले कोहलपुरको संगालो पुस्तक ‘कोहलपुर युवा दपर्ण’ विमोचन गरेको छ । मंगलबार एक कार्यक्रमका बीच क्लबले ‘कोहलपुर युवा दपर्ण’ पुस्तकको विमोचन गरेको हो । कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख संगीता सुवेदीले नगरस्तरीय युवा क्लब सञ्जालले कोहलपुरलाई चिनाउन विभिन्न कार्यक्रमहरू गर्दै आएको बताइन् ।

उनले नगरपालिकाले गरेका महत्वपूर्ण कामहरूमा सहकार्य गर्दै युवा तथा किशोरीहरूका हकहित लागि काम गर्दै आएको बताइन् । स्थानीय सरकारले विनियोजन गरेका न्यून रकममा समाज सेवादेखि विभिन्न कार्यहरू गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरिन् । पछिल्लो समय युवाहरू लागूऔषधमा फसिरहेका बेला कोहलपुरका युवाहरूले आफ्नो क्षमता र दक्षता विकास गर्दै जानु सकारात्मक कुरा रहेको बताइन् ।

सञ्जालले विगतदेखि राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्य गर्दै आएको बताइन् । ‘कोहलपुर युवा दपर्ण’ युवाहरूका सिर्जनाहरू समेटेर निकालिएको पुस्तक रहेको कोहलपुर नगरस्तरीय युवा क्लव सञ्जालका अध्यक्ष रमेश वरले बताए । उनले नगरपालिकाको आर्थिक सहयोगमा विगतदेखि विभिन्न कामहरू गर्दै आएको जानकारी दिए ।

सामाजिकदेखि बालबालिका र युवा, किशोरीहरूको हकहितमा काम गर्दै आएको बताए । युवा क्लब, किशोरी क्लब लगायतका क्लबहरूसँगको सहकार्यमा सरसफाइदेखि क्षमता विकासका लागि काम गरिरहेको उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार