जीतबहादुर शाह
दश वर्ष जति हुन लाग्यो । कुनै एउटा आधारभूत विद्यालयमा ३ जना शिक्षक कार्यरत छन् । थप एकजना बालविकासका सहयोगी कार्यकर्ता पनि छन् । कक्षा ५ सम्म सञ्चालित छ । विद्यार्थीहरु पहिले त अलि बढी थिए । अहिले भने घटेर सयजना भन्दा कम भएका छन् । त्यो पनि बालविकासका सहित । शिक्षकहरु दुईजना स्थानीय हुन् । एकजना भने तराईका हुन् । स्थानीय शिक्षकहरु अन्य विद्यालयमा सरुवा हुन चाहँदैनन् । किनभने उनीहरुलाई अपायक पर्छन् अरु विद्यालयहरु ।
तराईका शिक्षक भने सरुवा हुन चाहन्छन् तराईको आफ्नै जिल्लातिर तर हुन सकिरहेको छैन । शिक्षकको सरुवा असम्भव त होइन तर असम्भव जस्तै छ । सबैतिर कुरोकानी मिलाउन सकिएन र खर्चपानीको व्यवस्था गर्न सकिएन भने शिक्षकको सरुवा आकाशको फलजस्तै असम्भव देखिन्छ । अड्कोपड्को तेलको धुप भनेजस्तै कहिलेकाहीँ विभिन्न विषयमा छोटा अवधिका तालिम त हुन्छन् । तालिममा सिकेका कुराहरु कक्षामा प्रयोग गर्ने कुरा पनि उठ्छन् । धरोधर्म, कक्षामा प्रयोग भने हुन नसकेको अवस्था छ ।
नयाँ नयाँ पाठ्यक्रमका कुरा हुन्छन् । त्यसै अनुसारका पाठ्यपुस्तक पनि परिवर्तन भएर आउँछन् । तर त्यहाँका शिक्षकहरुको अध्यापन गर्ने तौरतरिका भने दशौँ वर्षदेखि उस्तै छ । शिक्षक पुरानै हुन् । अध्यापन गर्ने तौरतरिका पनि पुरानै हो । शिक्षक कक्षामा जाने, किताब पल्टाउने, विद्यार्थीहरुलाई पनि पल्टाउन लगाउने, किताबमा लेखेको कुरा वाचन गर्ने, आवश्यक प¥यो र जाँगर चल्यो भने व्याख्या गर्ने । शिक्षकले ‘बुझ्यौ’ भन्ने । विद्यार्थीले ‘बुझ्यौँ’ भन्ने । त्यसपछि किताबमा दिइएका अभ्यासहरु गर्न लगाउने । त्यसपछि पाठ खतम् ।
यो पाराले पाठमात्र खतम भएको होइन, विद्यार्थीहरुको जिन्दगी पनि खतम भएको हो कि झैँ लाग्छ कहिलेकाहीँ । कक्षामा सधैँ पुरानै पात्र आएर अध्यापन गर्ने, नयाँ तौरतरिका खासै नअपनाउने, नयाँ जानकारी र विषयबस्तु पनि खासै नदिने । नयाँ कुरा पनि खासै आवस् कहाँबाट ? अधिकांश शिक्षकको पुस्तक किन्ने र पढ्ने बानी छैन । हेरेको भनेको फेसबुक हो, त्यसलाई पनि कक्षाकोठामा प्रयोग गर्ने उद्देश्यका साथ हेरिएको छैन । साथीभाइ र आफन्तहरुसँग अपडेट हुने काम भएको छ, त्यसलाई शिक्षण सिकाइ अपडेट गर्नका लागि प्रयोग गरिएको छैन ।
अहिले सक्षमतामा आधारित पाठ्यक्रम लागु भइरहेको छ । लागु हुनुपूर्व यसको प्रभावकारी रुपमा अभिमुखीकरण हुनुपथ्र्यो ।
यो काम सरकारी निकायबाट समयमै हुन सकेन । पहिले नै अध्ययन गरेर सर्टिफिकेटका आधारमा जागिर खान आएका शिक्षकले अहिले फेरि राम्रोसँग पढ्ने कुरा पनि भएन । किनभने नपढे पनि चलेकै छ । कसैले अपडेट नभएको भनेर अहिलेसम्म आँैलो ठड्याएको अवस्था छैन । यदाकदा औँलो उठाए पनि त्यो औलो ‘राम्रोसँग पढाएन, अपडेट भएन भनेर होइन कि फरक आस्थाको भयो भनेर निहुँ खोज्नेगरी उठ्ने गरेको हुन्छ । अपडेट नभएकै कारण कहिलेसम्म त शिक्षकहरुले निरन्तर विद्यार्थी मूल्याङ्कनका फारामहरु भर्दैथिए । पालिकालाई पनि राम्रोसँग मेलोमेसो नभएको कारणले अलमलमै थिए ।
अलमल शिक्षक र पालिकाका प्राविधिकहरु मात्र होइन, देशकै नाम कमाएका शिक्षाविद्हरु पनि अलमलमै थिए । त्यही भएर सक्षमतामा आधारित पाठ्यक्रम लागु भइसक्दा पनि निरन्तर विद्यार्थी मूल्याङ्कन (क्यास)लाई प्रभावकारी रुपमा लागु गर्ने कुरा गर्दै थिए । अहिले विद्यालय तहमा लागु भइरहेको पाठ्यक्रम सक्षमतामा आधारित पाठ्यक्रम हो । यसको आरम्भ सुरुवातमा आधारभूत शिक्षा पाठ्यव्रmम २०६९ (कक्षा ६–८) बाट भए तापनि राष्ट्रिय पाठ्यव्रmम प्रारुप २०७६ स्वीकृत भएपछि प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा १२ सम्म विकास एवम् कार्यान्वयन भइरहेका छन् । पाठ्यक्रमले सक्षमताभित्र सिकाइका ५ वटा पक्षहरु समावेश गरेको छ ः ज्ञान (प्लयधभिमनभ), सीप (क्पष्िि), अभिवृत्ति (ब्ततष्तगमभ), मूल्य (ख्बगिभ) र काम गर्न सक्ने क्षमता (ब्दष्ष्तिथ तय मय धयचप) ।
यसलाई सिर्जनात्मक तथा अभिव्यक्तिशील कलाको एउटा सरल दृष्टान्त प्रस्तुत गर्ने व्रmममा पाठ्यव्रmम विज्ञ युवराज अधिकारीको भनाइ छ कि विद्यार्थीहरुलाई झ्याउरे तालमा मादल बजाउन भन्ने सिकाइ उपलब्धि पूरा गराउनका लागि ज्ञान भनेको झ्याउरे तालको बोल (घिन्क् ति ना घि ना) र मात्रा (६ मात्रा)को जानकारी हुनु र त्यसमा पनि कुन बोल मादलको कुन मुखबाट निस्कन्छ, भन्ने कुराको बारेमा जानकारी पाउनु हो । सीप भनेको झ्याउरे तालको बोल र मात्राअनुसार मिलाएर मादल बजाउनु हो ।
त्यसैगरी अभिवृत्ति भनेको झ्याउरे ताललाई विभिन्न स्थानीय गीत, बालगीत, चाडपर्वमा गाइने स्थानीय गीतमा बजाउन सकिने रहेछ भन्ने भावना र सकारात्मक सोचको विकास गर्नु हो । मूल्य (महत्व तथा उपयोगिता) भनेको विभिन्न चाडपर्व, मेला र उत्सवहरुमा गाइने गीतमा झ्याउरे ताल आवश्यक भएकोले यसको महत्व रहेछ भन्ने कुराको बोध हुनु हो । त्यसैगरी काम गर्ने क्षमता भनेको विद्यालयमा झ्याउरे तालमा मादल बजाउन सिकेको विद्यार्थीले घर तथा समुदायमा मनाइने चाडपर्व, उत्सव तथा सांस्कृतिक कार्यव्रmमहरुमा झ्याउरे तालमा मादल बजाउन सक्नु र झ्याउरे तालको बारेमा आवश्यक पर्ने जानकारी अभिव्यक्त गर्न सक्नु वा बुझाउनु हो ।
अझ स्पष्ट रुपमा भन्नु पर्दा विद्यालयमा मादल वा अन्य वाद्यवादन बजाउन जानेको विद्यार्थीले घरपरिवारका सदस्य तथा अन्य व्यक्तिलाई मादलबाट झ्याउरे ताल बजाउनको लागि आवश्यक ज्ञान, सीप, अभिवृत्ति र मूल्य (महत्व तथा उपयोगिता)लाई जुनसुकै ठाउ,ँ परिवेश र व्यक्तिसामु अभिव्यक्त गर्न र सिकाउन सक्नु नै काम गर्न सक्ने क्षमता हो जसलाई रुपान्तरिक सिकाइ पनि भन्ने गरिन्छ । पाठ्यक्रम विज्ञ युवराज अधिकारीले दृष्टान्त पस्किएजस्तै अहिले हरेक सिकाइ उपलब्धिहरुले सिकाइका उल्लिखत पाँचवटा पक्षहरु पूरा गरेको हुनुपर्दछ । के साँच्ची पाठ्यक्रमले अपेक्षा गरेका सिकाइका पाँचवटा पक्षहरु पूरा हुने गरी सिकाइ भएको छ त ? के त्यही अनुसार शिक्षकले आवश्यक तयारी गरेर कक्षाकोठाभित्र प्रवेश गरेका छन् त ? के त्यही अनुसार कक्षाकोठाको वातावरण निर्माण गर्नका लागि सरकारहरुले लगानी गरेका छन् त ? विषय गम्भीर छ ।
जिपिए चार ल्यायौँ भनेर फुर्तीफार्ती देखाउने विद्यालयका शिक्षकहरुले समेत सिकाइका यी पक्षहरुलाई विद्यार्थी समक्ष पु¥याउन सिकिरहेका छैनन् र सकिरहेका पनि छैनन् । त्यही भएर नै मादल यसरी बजाउन सकिन्छ भनेर व्याख्या गर्ने विद्यार्थीहरु उत्पादन भएका छन् तर उनीहरुलाई मादल बजाउन भने आउँदैन । विद्यार्थीहरुले स्याउको बारेमा लेखेर परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्न सक्छ तर स्याउको बोट चिन्न सक्दैन । स्याउको खेती गर्ने त झन टाढाको कुरा भयो । विद्यार्थीले पौडीको बारेमा बक्तृत्वकला प्रतियोगितामा आफ्ना विचार अभिव्यक्त गरेर पुरस्कार जित्न सक्छ तर त्यही विद्यार्थी पौडी खेल्ने सीप नभएको कारण पोखरी र तालमा डुबेर ज्यान जान सक्छ ।
अहिले हाम्रा विद्यार्थी त्यस्तै भइरहेका छन्, कुरा गर्न जान्ने तर काम गर्न नजान्ने । हामीले सक्षमताका पाँचवटा पक्षहरुमध्ये पहिलो आयाम ज्ञान त दियौँ, त्यो पनि बुझाएर भन्दा पनि घोँकाएर । अरु चारवटा पक्षहरु भने नसिकाएरै लक गरिदियौँ । उसलाई त्योसम्बन्धी सीप सिकाएको भए उसले त्योसम्बन्धी काम गर्न सिक्थ्यो । काम गर्ने क्रममा आफूले सिकेको कामप्रति सकारात्मक प्रवृत्तिको विकास हुन्थ्यो । आफूले सिकेको काम कहाँ काम लाग्छ भन्ने कुराको जानकारी हुन्थ्यो र उक्त सिकाइको महत्वको बारेमा बोध हुन्थ्यो । यसरी सिकेको सिकाइले अहिलेजस्तो बेरोजगार बस्नु पर्दैनथ्यो । काम गर्न सक्षम भएपछि काम पाइन्थ्यो । अहिलेजस्तो नेपाली विषयमा स्नातक गर्ने तर नेपाली भाषामा विधि पु¥याएर निवेदन लेख्न नआउने जनशक्ति उत्पादन हुँदैन्थ्यो जस्तो लाग्छ ।
‘अल्पविद्या भयङ्करी’ भनेजस्तै यस्तै शिक्षा आर्जन गरेर विद्यार्थीलाई हामीले सिकाइको गहिराइ हुँदै पल्लो किनारसम्म नपु¥याएर हामीले बिचमै छोडिदिएको कारण त्यही शिक्षा आर्जन गर्ने व्यक्ति अहिले बाँदरको पुच्छर लौरो न हतियार भइरहेको छ । यो पङ्क्तिकारको आशय सबैले पौडी खेल्न जानु पर्छ, सबैले स्याउ खेती गर्नुपर्छ र सबैले मादल बजाउनुपर्छ भन्ने होइन तथापि विद्यालय, कलेज वा पाठ्यक्रमले जे सिकाएको हो त्यसमा पूर्णता हुनु प¥यो भन्ने मात्रै हो । कविताको बारे अध्ययन गरेको व्यक्तिले अरुको कविताको समीक्षा गर्ने तर आफू कविता लेख्न नसक्ने हुनु भएन भन्ने हो । तनावमुक्त जीवनको बारेमा जति बोले पनि नथाक्ने र घण्टौँसम्म तनावमुक्त जीवनका बारे कक्षा लिन सक्ने मान्छे सानातिना कुरामा रिसाइहाल्ने हुनु भएन भन्ने हो । जङ्कफुडको हानीबारे जानकारी भएको व्यक्तिले उसले आफ्नो जीवन र खानपानमा पनि जङ्कफुडलाई बहिष्कार गरोस् भन्ने हो । यहाँ त त्यस्तो देखिदैन ।
यहाँ त कतिपय शिक्षक÷प्रशिक्षकले मध्यपानले पु¥याउने हानीको बारेका क्लास लिने समयमा पनि मदिरासेवन गरेर कक्षा लिइरहेका देखिन्छन् । त्यसैले बोल्न सजिलो छ, गर्न गाह्रो छ । अरुलाई शिक्षा दिने शिक्षक हुन झनै गाह्रो छ । शिक्षकले ‘मैले गरेको कुरा नगर्नु, भनेको कुरा गर्नु’ भन्ने । विद्यार्थीले शिक्षकले गरेको कुरा ‘सम्झिने, भनेको कुरा बिर्सिने । कुराको तालमेल यही नेर नमिलेर हाम्रो शिक्षा बिग्रिएको हो कि झैँ लाग्छ । अहिले कतिपय नेता र जनप्रतिनिधिहरुले समेत मञ्च पाए भने हाम्रो शिक्षा वैज्ञानिक र व्यावहारिक छैन भनिरहेका हुन्छन् । शिक्षालाई वैज्ञानिक र व्यावहारिक बनाउन नसक्नुमा दोष यो पङ्क्तिकारको पनि होला, दोष शिक्षकको पनि होला, दोष अभिभावक र विद्यार्थीहरुको पनि होला । तथापि मलाई त लाग्छ सबैभन्दा ठूलो दोष जनप्रतिनिधिहरुकै छ कि झैँ लाग्छ ।
किनभने जनप्रतिनिधि भनेको अगुवा हो, अरुलाई बाटो देखाउने वा अरुलाई पछि लगाएर आफू अघि हिँड्ने । यस्तो जिम्मेवार व्यक्तिले सके आपैmँले, नसके शिक्षा जानेको अरु कोही विज्ञमार्फत आफ्नो पालिका, प्रदेश र मुलुकको शिक्षाको चिरफार गर्नु पर्छ कि पर्दैन ? कक्षा कसरी लिनु पर्ने हो र कसरी लिने काम भइरहेको छ भन्ने कुरामा कसैको पनि चासो छैन् जब कि हाम्रो शिक्षालाई शिक्षाका विषयबस्तुले भन्दा पनि शिक्षा लिनेदिने तौरतरिकाले बिगारिरहेको छ । पाठ्यक्रमले सिकाइ सक्षमताका पाँचवटा पक्षहरुलाई कक्षाकोठामा पु¥याउन नसकेको कुरा प्रष्टै छ । तथापि यो कुराको भेउसम्म छैन शिक्षाको डाडुपन्यू हातमा हुनेहरुलाई । त्यही भएर संघीय सरकारबाट नै शिक्षा नीति र कार्यक्रममा समेत निजी र सरकारी विद्यालयको पाठ्यक्रम एउटै बनाउने भनेर घोषणा गरिन्छ ।
वर्षौँदेखि एउटै पाठ्यक्रम छ भन्ने कुरासम्म पनि थाहा नभएपछि बिचरा हिजोअस्ति लागु गरिएको सक्षमतामा आधारित पाठ्यक्रमको झन् अत्तोपत्तो हवस् पनि कसरी ? यो कुराको अवगत शिक्षकहरुलाई भने हुनु पर्ने हो । तथापि गर्नु नपरे पछि उनीहरुलाई पनि यो कुराको भेउ छैन त्यत्ति । किनभने सक्षमतामा आधारित पाठ्यक्रमका आधारमा सहजीकरण गर्नु र नगर्नुमा सरकारले हेर्ने दृष्टिकोणमा खासै फरक छैन । सरकारले त राम्रा र कमजोर भनौँ वा आफ्ना र पराइ शिक्षक छुट्याउनका लागि तदनुसारका भातृसङ्गठनहरु बनाएकै छ । यसले गर्दा काम गर्ने शिक्षकहरुमा समेत त्यो ऊर्जा देखिँदैन । त्यही भएरै आधारभूत तहको कक्षा ४ देखि कक्षा ८ सम्म पचास प्रतिशत भार प्रयोगात्मक क्रियाकलापमा छुट्याए पनि एक दिन प्रयोगात्मक काम नगराएर पनि काम चलेकै छ । सक्षमताका पाँच पक्षहरुमध्ये ज्ञानलाई मात्र आफ्नो सम्झेर अरु चारवटालाई पराइ सम्झेपछि हाम्रो शिक्षा गतिलो हुन सकोस् पनि कसरी ? बाँकी जो हजुरहरुको मर्जी !









प्रतिक्रिया दिनुहोस्