बाँके प्रहरीद्धारा ठुलो परिमाणको अबैध कपडा र सुर्ति बरामद ।



तिलक गाउँले, नेपालगन्ज, ६ मंसिर / जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा लुकाई छिपाई गोदाम गरि राखेको ठुलो परिमाणको सुर्ति तथा कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेस प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालीका वार्ड नं. १ धम्बोजी स्थित गोमती गोडिया, सवरा काँदु, मिना काँदु र नकछेद गोडियाको घरबाट झण्डै एक ट्रक बराबरको लत्ता कपडा र सुर्ति बरामद गरेको हो । बरामद भएको सबै सामाग्री भन्सार छली तस्करी गरी भण्डारण गरि राखीएकोे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यति ठुलो परिमाणको कपडा बरामद भएको पहिलो पटक भएको प्रहरीले जनाएको छ । बिशेस सुचनाको आधारमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखीएको सामाग्री भण्डारण गरिएको अबस्थामा राखीएको सुचनाका आधारमा छापा मार्ने क्रममा अन्दाजी १० देखी १५ लाख सम्मको सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।
पक्राउ परेका सामाग्री आबस्यक अनुसन्धान पछि आन्तरीक राजश्व कार्यालय क्षेत्रिय कार्यालय कोहलपुरमा बुझाईने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद भएका सामाग्री भण्डारण तथा तस्करीमा संलग्नहरु फरार रहेकोले उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार