‘छड्के कपाल किन कोरेको’को लोकप्रियता बढ्दै



ललितपुर ।

लोकप्रिय गायक मोतिराज खनालको ‘छड्के कपाल किन कोरेको’ गीतको बजारमा लोकप्रियता बढ्दै गएको छ । नेपाली महिलाहरुको ठुलो पर्व तिज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा उक्त गीतले उत्साह थपेको छ । उक्त गीतले नेपाली मौलिक तिज गीतमा नयाँ जीवन थपेको छ ।

परम्परा, नारी सशक्तीकरण र सांगीतिक सौन्दर्यको त्रिवेणीलाई संयोजन गर्ने यो गीतले आजका युवापुस्तासँगै ग्रामीण महिलाहरूको पनि मन जितिरहेको छ । सुनौँ सुनौँ लाग्ने सुमधुर संगीतको धुनमा अत्यन्तै मौलिक शब्दले जो कोहीलाई मोहित बनाउन सक्छ । यस गीतमा गायक मोतिराज खनाल स्वयंका साथै लोकप्रिय गायिका राधिका हमालको स्वर रहेको छ ।

दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको पनि सहायक स्वर समावेश गरिएको छ । यस गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन् । द म्युजिक ईरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ र मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् । चर्चित निर्देशक सुरज खनालको डाइरेक्सन साथै शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको छ । मोडल कृष्ण खत्री र चर्चित मोडल रिना गुरुङको दमदार अभिनय रहेको छ ।

सहायक कलाकारमा गीता खनाल, अस्मिता खनाल, कृष्टिना शाहको समेत अभिनय रहेको गीतको ललितपुरको युएन पार्कमा शुटिङ गरिएको हो । गायक तथा सर्जक मोतिराज खनालले दुई दशकदेखि निरन्तर गीत संगीतमा योगदान दिँदै आएका छन् । उनले दुइमहिना अगाडी ‘सुपादेवी देउरालीकी माइ’ बोलको भजन सार्वजनिक गरेका थिए ।

उक्त भजनले श्रोताहरुको मन जित्न सफल भएको थियो । खनालका दर्जनौँ गीत सांगीतिक बजारमा कालजयी भएर बसेका छन् । गीत संगीत र टेलिसिरियलमा खनालको योगदान अतुलनीय छ । त्यसैगरी चर्चित मोडल रिना गुरुङले अनिनय गरेका दर्जनौँ गीत बजारमा हेर्न सकिन्छ । डाइरेक्टर सुरज खनालले ‘अति भो’, ‘ख्याल ठट्टा’ सिरियलमा पनि निर्देशन गर्नुका साथै अभिनयमा पनि उत्तिकै पोख्त छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार